Categories: कविता

“खुर्सानी”

केशवराज अधिकारी
मध्यनेपाल ७ लमजुङ

पिरो भयो ह्वाई ह्वाई
भएँ म त भुतुक्कै।
तर्कारीमा खुर्सानी
नहाल न फिटिक्कै।

जिरे,डल्ले,अकवरी
कोहि लामा लामा छन्।
सानो सानो भए पनि
जिरे रैछ पिरो झन् ।

नसारेनी हुन्थ्यो बरु
खुर्सानीका बिरुवा।
कि त फल्दै नफले
हुन्थ्यो यस्ता पिरुवा।

कतै तिते करेला
कतै पिरो खुर्सानी।
मलाई मनै पर्दैन
नपकाए हुन्थ्यो नि।

अलि अलि पिरो त
खाऊ भन्छिन् आमाले।
अझै पिरो हरियो
टोक्नुहुन्छ बाबाले।

अमिलो र टर्रो,तितो,
पिरो खानु पर्छ रे।
पछि पछि बानी हुन्छ
भन्छन् दाई दिदीले।

खानै पर्छ भने त
खाओ तिमी सबैले।
पछि बिचार गरौँला
खाँदै खान्न म ऐले।

सारथि बाल पत्रिका

Share
Published by
सारथि बाल पत्रिका

Recent Posts

“घडी”

ह्रदय लेकाली यो घडी साँच्चै अचम्म लाग्दो छ। कहिले अगाडि अगाडि र कहिले ढिलो गरेर…

10 hours ago

“क ख रा”

धनराज सिलवाल चितवन क बाट कलम ख खरायो ग बाट गमला घ घडी पढ पढ…

10 hours ago

विडम्बना

भूमिका गैरे तिमिल्सिना गैंडाकोट ४ नवलपुर “किन, ढिलो भएन ?” आमा कराउँनुभयो । विएलइको परीक्षा…

11 hours ago

रक्षा बन्धन

रम्भा पौडेल “ए बा ! हामीले जनै पुज्ने हैन र ? गाउका सबैले लगिसके ।…

1 day ago

“मामा घरको न्यास्रो”

रञ्जुश्री पराजुली तिहारमा टीका लगाउँन यस्पालि आमा मामाघर जाने भन्नेसुनेदेखि उमेश खुशी भैरहेको थ्यो ।…

1 day ago

खोल

  राम कृपाल महतो गोलबजार-१२,सिमरा,सिरहा “ढोका नखोल्नू, बाहिर न्याय उभिएको छ !” छोरीको काँपेको आवाज…

2 days ago