Categories: बाल कथा

“परिपूरक”


सृजना घिमिरे ढकाल
सितापाइला , काठमाडौं

“कुनै काम गर्ने ढंग छैन, घर कसरी खान्छेस?”
खाना बनाउँदै गरेकी छोरी मनितालाई दिनहुँ आमाले गर्ने गाली सुनेर, उनले जवाफ फर्काइन्—
“घर खाएपछि कहाँ बस्नु हौ ? आमा, धेरै कचकच नगर्नु है।”
“कस्तो घर पर्ने हो, ज्वाइँ कस्तो पाउने होला, सबैलाई सम्हाल्न सक्ने बन्नुपर्छ है, नानी!” आमाको चिन्ता उस्तै थियो।
उनले आमालाई सम्झाउँदै भनिन्—
“आमा, घर म एक्लैले खाने होइन नि! मिलेर दुवै जनाले खान्छौँ, जसरी बुवाले कमाएर ल्याएको पैसाले तपाईंले घर चलाउनु भएको छ।”
“मैले जति दुःख त कसले गर्या छ र यो घरमा! हाम्रो इज्जत राख्नु भनेर बा-आमाले पठाएको दिनदेखि…” फेरि आमाको गन्थन सुरु भयो।
“हो नि, आमा! तपाईंले जस्तो दुःख मैले गर्न नपरोस् भनेर त पढ्दै छु। पढाइ सकेर केही काम गर्छु। दुवै जना मिलेर घर चलाउँछौं।” मनिताले आमालाई सम्झाउने प्रयास गरिन्।
“बोले जस्तो सजिलो कहाँ छ र व्यवहारमा! रामे मामाको छोरीले पनि यही भन्थी। राम्रै जागिर खाएकी थिई। राम्रो घरको जागिरे केटा भनेर बिहे गरिदिएका , तर घरकालाई चित्त बुझाउन सकिन रे! डिभोर्स भयो। बिचरी आज…”
आमाको बोली नसकिँदै छाएको मौनता छिचोल्दै मनिताले भनिन्—
“घर चलाउने कुरा त नारी-पुरुष दुबैको दायित्व हो, एक-अर्काको परिपूरक बनेर !”

सारथि बाल पत्रिका

Share
Published by
सारथि बाल पत्रिका

Recent Posts

साइनो

बिन्दु पाैडेल वस्ती भरतपुर-२,चितवन "तपाईँ त्यसरी नआत्तिनुस् । आत्तिँदैमा समस्याको समाधान कहाँ निस्किन्छ र ?…

21 hours ago

“अ…..अ:”

धनराज सिलवाल चितवन अनारको पहिलो अक्षर टिप सानू अ आमाको पहिलो अक्षर टिप सानू आ…

21 hours ago

“निर्बोध प्रेम”

प्रह्लाद दवाडी लिङमो पेपथाङ्,दक्षिण सिक्किम "आज तिमीहरू मिठो मिठो खाउ ल, म पनि खुवाउँछु" सानीले…

21 hours ago

गार्गी जस्तै जन्मियून् श्रेष्ठ नारी

शोभा कोइराला नारी यस्ता निडर बनियून् शङ्ख उद्घोष गर्ने योद्धा बन्दै हरबखत नै सत्यको खोज…

22 hours ago

चञ्चल

शान्ता शाक्य धापाखेल,ललितपुर "तिमी चुप लाग।" "लाग्दिन।" "मेरो साथी तिम्रो साथीभन्दा चञ्चल छ।" "होइन क्या…

3 days ago

बतास चलेको त्यो रात….!

कल्पना मरासिनी भूमिकास्थान,अर्घाखाँची हाल:ललितपुर "ए उठ ! उज्यालो हुनै लाग्यो, रातभरिको हावाले आँप भुइँभरि झरेका…

3 days ago