Categories: कविता

“वसन्त आएर”


सुधिर थापा
काठमाण्डौ

शिशिर गयो वसन्त आयो फूलको बहार
रुदै छ न्याउली के पीर पर्यो नकाट्दै सङ्घार
गए छ जाडो आए छ गर्मी माैसम यस्तै छ
भमराहरू उडेर फेरि डालीमा बस्दै छ

कोइलीको बोली छ त्यस्तै मीठो लाएर पिरती
फूलहरू हाँस्छन् फुलेर कस्तो झुकाइ शिर ती
चिसो त्यो हावा चल्दैछ फेरि चाैतारी पिपलमा
मायालु जोडी थकाइ मार्छन् बसेर शीतलमा

पंक्षीको आवाज छ कस्तो मीठो बिहानै कराउने
धूपी ती सल्ला सुसाउछन् त्यस्तै आनन्द गराउने
नागबेली नदी बग्दछन् कलकल गाउँका बस्तीमा
गुञ्जिन्छन् पाखा हालेर भाका भुलेर मस्तीमा

मुजुरा आए ढाकेर सारा पालुवा पलाइ
गुराँस फुले वन पाखा ढाक्दै साैन्दर्य खुलाइ
गुयली पाके काफल पाके चरीले डाक्दै छ
यी हाम्रा सबै भीर र पाखा फूलले ढाक्दै छ

लालु ती पाते फुलेका फेरि भरेर सिउँदा
छहरे धारो पानी छ मीठो कलकली पिउँदा
देउराली भन्ज्याङ्ग लाग्दैछन् राम्रो उमङ्ग छाएर
हिमाल खुल्यो गगन खुल्यो वसन्त आएर।

 

सारथि बाल पत्रिका

Recent Posts

साइनो

बिन्दु पाैडेल वस्ती भरतपुर-२,चितवन "तपाईँ त्यसरी नआत्तिनुस् । आत्तिँदैमा समस्याको समाधान कहाँ निस्किन्छ र ?…

22 hours ago

“अ…..अ:”

धनराज सिलवाल चितवन अनारको पहिलो अक्षर टिप सानू अ आमाको पहिलो अक्षर टिप सानू आ…

22 hours ago

“निर्बोध प्रेम”

प्रह्लाद दवाडी लिङमो पेपथाङ्,दक्षिण सिक्किम "आज तिमीहरू मिठो मिठो खाउ ल, म पनि खुवाउँछु" सानीले…

23 hours ago

गार्गी जस्तै जन्मियून् श्रेष्ठ नारी

शोभा कोइराला नारी यस्ता निडर बनियून् शङ्ख उद्घोष गर्ने योद्धा बन्दै हरबखत नै सत्यको खोज…

23 hours ago

चञ्चल

शान्ता शाक्य धापाखेल,ललितपुर "तिमी चुप लाग।" "लाग्दिन।" "मेरो साथी तिम्रो साथीभन्दा चञ्चल छ।" "होइन क्या…

3 days ago

बतास चलेको त्यो रात….!

कल्पना मरासिनी भूमिकास्थान,अर्घाखाँची हाल:ललितपुर "ए उठ ! उज्यालो हुनै लाग्यो, रातभरिको हावाले आँप भुइँभरि झरेका…

3 days ago