Categories: बाल कथा

परीक्षण


टीकाराम जोशी
इमाडोल

“सर ! बिन्ती छ। यसपटकलाई पास गरिदिनुहोला। अर्को साल म मिहिनेत गर्छु। ” छट्टुलालले सबैले सुन्ने गरी पढे र भने ,”कसो धम्की दिएनछ।” हलमा हाँसोको मूल फुट्यो।
“पढाईमा निरन्तर ध्यान दिनुपर्छ भन्दा कानमा तेल हाली बस्ने तर परीक्षाको मुखैमा किताब खोज्नेको हाल यस्तै हुन्छ।” शामलालले भने।
“मैले जाँचेको कापीमा त एउटाले हजारको नोट राखेर बिन्ती गरेको थियो।” रामलालले भने।
“तपाईँको त पैसावाला परेछ। अनि के गर्नुभयो तपाईँले ? मुचुल्का लेख्यो भने पनिकाले परीक्षार्थीलाई कारवाई थाल्छ। आफु जोगिनु पर्छ है सर । हुन त परीक्षण र परीक्षक गोप्य नै राखिन्छ।” छट्टुलालले आफुले जाँचिसकेका कापी पोको पार्दै भने।
“अयोग्यलाई योग्य भन्नु भनेको इमान बेच्नु होइन र। यस्ताहरुबाट देशको भविष्य राम्रो होला र ? ” रामलालले गम्भीर हुँदै भने।
यतिकैमा सडकमा होहल्ला सुनियो। “निर्वाचनको मुखैमा यस्ता लक्षण देखिन थाले। भोटका लागि जनतालाई बिन्तीभाउ र आश्वासन। फेरि नोट वितरण, बुथ क्याप्चरिङ नहोला भनेर भन्नसकिन्न।” शामलालले भने।
“राजनीतिमा साम,दाम,दण्ड र भेद जस्ता चिन्तनले जरा गाडेको हुनाले हो सर।” छट्टुलालले भने। “त्यसो भए उमेदवारको ज्ञान, बुद्धी, साहस र न्यायको प्रयोग गर्ने क्षमतालाई कसी बनाउनुपर्छ।” रामलालले भने।

सारथि बाल पत्रिका

Share
Published by
सारथि बाल पत्रिका

Recent Posts

प्रतिज्ञा

पुण्यप्रसाद घिमिरे आदित्य गाउँमा बस्थ्यो । ऊ सानै र अबोध भएकाले जे मन लाग्यो त्यही…

12 hours ago

“पश्चाताप”

माहेश्वरी भट्ट देख्छ्याै पक्कै, मनविच आहा, भावना उर्लिएकाे। हाँस्दै बोल्दै, स्नेह ममता, प्रेमले कुर्लिएकाे।। छाती…

12 hours ago

बाढी प्रभावितको पुनःस्थापना र सामाजिक संरक्षणमा मन्त्री बादीको चासो

काठमाडौँ, असोज ५। महिला, बालबालिका, लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक र सामाजिक सुरक्षा मन्त्री सिता बादीले…

12 hours ago

‘स्याहार योजना’

विपद् प्रभावित बालबालिकाको संरक्षणका लागि ‘स्याहार योजना’ कार्यान्वयनमा, ठेचोमा अस्थायी संरक्षण सेवा केन्द्र सञ्चालन उद्धार…

1 day ago

“युवाशक्ति”

शोभा कोइराला युवा हुन् देशका तारा युवा हुन् देशका प्यारा न होऊ है युवा हाम्रा…

1 day ago

प्रयास

सुमन कडरिया चितवन सागिर्द आँगनमा खेलिरहेको थियो। खेल्दाखेल्दै उसको नजर एउटा सानो कमिलामाथि पर्यो। कमिलाले…

2 days ago