Categories: बाल कथा

“पछुतो”

निर्मला बराल
भक्तपुर सानो ठिमी, काठमाडौंबाट।

छाेराेलाई स्कुल भर्ना गर्न गाडीमा हुँइकिए हाकिम।
एउटा सरकारी स्कुल अगाडि राेकिए। त्यसबेला काेही विद्यार्थी चौरमा छरिएका प्लास्टिक कागजहरु बटुल्दै थिए। कोही फूलबारी खन्दै थिए भने काेही वृक्षारोपण गर्दै थिए।
हाकिमलाई त्याे दृश्य झिनामसिना लाग्याे। “सबै गरिब गुरुवाहरु भेला पारेर काम लगाउने स्कुल पाे रैछ छाेरा! हाम्राे स्तर अनुसारको स्कुल रैनछ याे !” उनी बर्बराउँदै त्यहाँबाट हिडे र आखिरमा निकै नाम कमाएकाे एउटा महँगाे अङ्ग्रेजी स्कुलमा छाेराे भर्ना गरे। आज भन्दै भाेलि भन्दै छाेराे सात कक्षामापनि पुग्याे।
एकदिन हाकिम घुम्दै छिमेकमा रहेकाे साथीकाे घर पुगे । “नमस्कार अंकल! बुवा आइपुग्ने बेला पनि भयाे। त्याे बेलासम्म बैठकमा बसेर कफी पिउँनु अंकल।” साथीकाे छाेराेले हार्दिक स्वागत गर्दै, उनलाई बैठक काेठामा बसायो। बाह्र तेह्र वर्षकाे बालककाे त्याे शिष्टाचार र नम्रता देखेर हाकिम छक्क परे।
उनले कफी सुरुप्प पार्दै साेधे। “कहाँबाट सिक्यौ बाबू यति मिठो कफी बनाउन?” ओठमा मुस्कान फुलाउँदै उसले भन्याे। हाम्राे स्कुल सरकारी नै भएपनि, ठूलाे मान्छे हैन असल मान्छे बन्न सिकाउँछाैँ भन्नू हुन्छ गुरू र गुरूआमाले हाम्राे स्कुलमा।”
उसले कप प्लेट उठाइरहँदा हाकिमले आफ्नो एकलकाटे, रिसाहा, अल्छी अनि असामाजिक छाेराेलाई झलझलि सम्झे।
क्षितिजमा डुब्न लागेकाे घाम हेर्दै उनले आफैँलाई धिक्कारे। “थुइक्क मेरो बुद्धि!”

सारथि बाल पत्रिका

Share
Published by
सारथि बाल पत्रिका

Recent Posts

प्रविधि

फिराक गोर्खाली असम "तिमीहरूलाई अचेल मात्र फोन, फोन। दिनभरि हेरेर पुगेन, अब सुत्ने बेलामा पनि…

6 minutes ago

बालबालिकाको गोपनीयता हक

प्रेमनारायण भुसाल प्रजातान्त्रिक मुलुकमा जवाफदेहिता र पारदर्शितालाई जति महत्त्वपूर्ण सूचक मानिन्छ। त्यति नै महत्त्वपूर्ण रूपमा…

24 hours ago

“बादल”

कृष्णशरण उपाध्याय पौडेल आकाश मा बादल छाउँदै छ गर्जेर चीसो जल ल्याउँदै छ बुटाबुटी साथ…

1 day ago

परिस्थिति

सुमन कडरिया, चितवन “बाबा, मान्छे झुटो बोल्न किन डराउँदैनन् ?” गजल लेखिरहेका बाबालाई छोराको प्रश्नले…

1 day ago

“स्नेहले हँसाउने बुबामुमा सुखी रहून्”

घनश्याम रेग्मी भोक शोक रोगका गरी निदान राम्ररी बालबालिका खुसी बनाउँदै सधैँभरि शैलझैँ खडा भई…

2 days ago

“आउँछ खरर”

धनराज सिलवाल पढ्ने गर विद्यार्थी नानी हो शिक्षा हाम्रो जीवनको साथीहो रवि झलल, लेखेर पढ्ने…

2 days ago