निर्मला बराल
भक्तपुर सानो ठिमी, काठमाडौंबाट।
छाेराेलाई स्कुल भर्ना गर्न गाडीमा हुँइकिए हाकिम।
एउटा सरकारी स्कुल अगाडि राेकिए। त्यसबेला काेही विद्यार्थी चौरमा छरिएका प्लास्टिक कागजहरु बटुल्दै थिए। कोही फूलबारी खन्दै थिए भने काेही वृक्षारोपण गर्दै थिए।
हाकिमलाई त्याे दृश्य झिनामसिना लाग्याे। “सबै गरिब गुरुवाहरु भेला पारेर काम लगाउने स्कुल पाे रैछ छाेरा! हाम्राे स्तर अनुसारको स्कुल रैनछ याे !” उनी बर्बराउँदै त्यहाँबाट हिडे र आखिरमा निकै नाम कमाएकाे एउटा महँगाे अङ्ग्रेजी स्कुलमा छाेराे भर्ना गरे। आज भन्दै भाेलि भन्दै छाेराे सात कक्षामापनि पुग्याे।
एकदिन हाकिम घुम्दै छिमेकमा रहेकाे साथीकाे घर पुगे । “नमस्कार अंकल! बुवा आइपुग्ने बेला पनि भयाे। त्याे बेलासम्म बैठकमा बसेर कफी पिउँनु अंकल।” साथीकाे छाेराेले हार्दिक स्वागत गर्दै, उनलाई बैठक काेठामा बसायो। बाह्र तेह्र वर्षकाे बालककाे त्याे शिष्टाचार र नम्रता देखेर हाकिम छक्क परे।
उनले कफी सुरुप्प पार्दै साेधे। “कहाँबाट सिक्यौ बाबू यति मिठो कफी बनाउन?” ओठमा मुस्कान फुलाउँदै उसले भन्याे। हाम्राे स्कुल सरकारी नै भएपनि, ठूलाे मान्छे हैन असल मान्छे बन्न सिकाउँछाैँ भन्नू हुन्छ गुरू र गुरूआमाले हाम्राे स्कुलमा।”
उसले कप प्लेट उठाइरहँदा हाकिमले आफ्नो एकलकाटे, रिसाहा, अल्छी अनि असामाजिक छाेराेलाई झलझलि सम्झे।
क्षितिजमा डुब्न लागेकाे घाम हेर्दै उनले आफैँलाई धिक्कारे। “थुइक्क मेरो बुद्धि!”
घनश्याम रेग्मी "कहिल्यै बिरामी पर्नु भएको छ ?" कसैले प्रश्न गर्यो भने म लगायत…
शम्भु ढकाल सूर्याेदय न पा १२ आठघरे,इलाम "के गर्दै हुनुहुन्छ आमा ?" साँझपख छाेरीले फाेनमा…
शोभा कोइराला वसन्तकी सुन्दर पुष्प नारी लज्जा भएकी पनि दिव्य नारी नारी बिनाको घर नै…
सुरेशकुमार पाण्डे दाङ घोराही १८ "ओहो बालकले के काम गर्छ ?"- डाक्टर पुनितले रामेको हात…
गणेश आत्रेय मदनपोखरा,पाल्पा हाम्रो नाति छ हेर; अल्छी छैन ल हेर। प्रातः काल सबेर; उठ्छ…