Categories: बाल कथा

“परीक्षा”

चूडामणि नेपाल ‘अकिञ्चन’
विराटनगर १

‘यो हुनै सक्दैन ! कसरी हुन्छ यार ! जसलाई कदेखि ज्ञसम्म पनि राम्ररी लेख्न आउँदैनथ्यो उसैले हामीलाई जित्ने ?’ करुण अलि निरास भयो ।
‘केही हुँदैन यार छोड् दे ।’ कपिल बोल्यो ।
‘परीक्षामा सही मूल्याङ्कन त हुनु पर्यो नि मिहिनेत गरेको के अर्थ !’ स्मारिकाले आवेग पोखी ।
‘यो देशको परीक्षा प्रणाली हाम्रो विद्यालय जतिको पनि गतिलो रहेनछ । खै हाम्रो प्रधानाध्यापक पनि चुपचाप हुनुहुन्छ ।’ सन्तोषी झन उग्र भई ।


एस ई ई परिणाम घोषणापछि म्यासेन्जर समूहमा यस्तै चर्चा परिचर्चा भई रहेको थियो । हामी नेटमा रिजल्ट खोज्न तल्लिन थियौँ ।
‘हेरन हाम्रा गुरुहरु पनि प्रयोगात्मकमा पच्चीस अङ्क दिनुहुन्छ सिद्धान्तमा पन्ध्र अङ्क कटाएको छैन, यो के मूल्याङ्कन हो ? के आधारमा मूल्याङ्कन हुन्छ यहाँ ?’ फेरी करुणको अर्को म्यासेज आयो । उसले रुँदै गरेका र विस्मयका चिह्न पनि पठायो ।
परिणाम प्राप्त भयो । हामीलाई पनि चित्त बुझिरहेको थिएन अझ आफुले लिएका आजसम्मका सबै विद्यालय तहका परीक्षामा गणित, विज्ञान, अङ्ग्रेजी र नेपालीमा समेत असफल भई रहने सन्ध्याको चार जिपिए देखाई रहेको थियो । हामी गल्ल हास्यौँ । परीक्षा अगाडिको कुरा संझ्यौं । ‘तिमीले कुनै विषय पास गर्दिनौ तर के गर्नु छोरी मान्छे भएकाले हामीले पास गरेर पठायौँ ।’ ऊ चूप लागेकी थिई ।’
ढोका ढकढकाएको आवाव आयो । ‘म भित्र आउन सक्छु ।’ सन्ध्या बोली ।
अनि टेबलमा ढ्याप्प मार्कसिट पछारी र बोली देख्नुभो चार जि पी ए ?

सारथि बाल पत्रिका

Share
Published by
सारथि बाल पत्रिका

Recent Posts

“स्नेहले हँसाउने बुबामुमा सुखी रहून्”

घनश्याम रेग्मी भोक शोक रोगका गरी निदान राम्ररी बालबालिका खुसी बनाउँदै सधैँभरि शैलझैँ खडा भई…

18 hours ago

“आउँछ खरर”

धनराज सिलवाल पढ्ने गर विद्यार्थी नानी हो शिक्षा हाम्रो जीवनको साथीहो रवि झलल, लेखेर पढ्ने…

18 hours ago

“म हुँ बाँदर”

युगल बसेल सन्धिखर्क, तुम्कोट वनघुमुवा जन्तु हुँ म, नाम मेरो बाँदर छैन बस्ने घर ठेगाना,…

19 hours ago

‘फलामे गेट’ मञ्चित, नाटककार भुसाल सम्मानित

काठमाडौँ । बूढानीलकण्ठ स्कुलमा सामाजिक यथार्थवादी तथा प्रयोगधर्मी नाटक ‘फलामे गेट’ मञ्चन गरिएको छ ।…

2 days ago

“म नेपाली छोरी”

रञ्जुश्री पराजुली चिन जान दाजै म नेपाली छोरी आफ्नो कामगर्छु सीप जोरीजोरी समयमा पुस्तक खोली…

2 days ago

“सानाे शब्द”

पुण्यप्रसाद घिमिरे बैत्यश्वर- ६,दाेलखा २०८३/४/२२ दुधका तुर्काे, तेलकाे थाेपाे, सुर्तीकाे खिली, केराकाे काेसाे। काँचै काेक्याउँछ,…

3 days ago