जी बी कुँवर
सँगै ओढी हिँडेकाे त्याे छाता याद आयाे
छुटे पनि कुनै दिनकाे नाता याद आयाे
उधाराेमा खा`काे खाजा तिर्नु बाँकी थियाे
धेरै याम पछि आज खाता याद आयाे
सँगै पढ्यौँ यौटै किताप धेरै वर्ष सम्म
हराएकाे त्यै पुस्तककाे गाता याद आयाे
सँगै पिन्थ्यौँ काेदाे मकै शुक्राे उदाएसी
सेलर मिल जाँदै गर्दा जाँतो याद आयाे
झरी पर्याे वर्षा लाग्याे गर्छ गड्याङ्गुडुङ्
तिम्राे घरकाे टल्किएकाे पाता याद आयाे।
इन्दु उपाध्याय विश्वनाथ, असम परीक्षा नजिकिँदै थियो। कक्षा आठमा पढ्ने आर्यनको घरमा आमाको चिन्ता दिनदिनै…
प्रेमनारायण भुसाल काठमाडौँ, ८ असोज (रासस) ।मानव जीवन सधैँ एउटै लय र सहज गतिमा बग्दैन…
अन्जु चालिसे रूपान्जली आरुबारी, काठमाडौ “सूचना! सूचना! सूचना! आदरणीय आमाबुबा, दाजुभाइ तथा दिदीबहिनीहरू ! जल…