Categories: बाल कथा

परीक्षा

खगेन्द्र बस्याल
तिलोत्तमा ९ सरस्वती पथ,रुपन्देही

धेरै समयपछि शारदा,उर्मिला र जमुना बजारमा अकस्मात् भेट भएपछि आआफ्नो मनको भारी बिसाउन खाजा पसलमा गए। शारदाले सञ्चोबिसञ्चोको औपचारिकतापछि सोधिन् ” तपाईंहरु अहिले केमा  व्यस्त हुनुहुन्छ ?”
उर्मिलाले भनिन् ” मेरो फागुनको दोस्रो हप्ता स्नातकोत्तरको अन्तिम जाँज छ,त्यसैले अरुतिर हेर्न भ्याएकी छैन।”
जमुनाको भनाइ रह्यो ” मेरो पनि फागुनको तेस्रो साता लोक सेवा आयोगको तयारी गर्नुछ। पहिले स्थायी जागिर भए ढुक्क भइन्छ । कतिन्जेल अरुको खुट्टामा उभिनु।”
त्यसपछि उर्मिला र जमुनाले एकैसाथ सोधे ” शारदा, तिम्रो पनि कुनै परीक्षा छ कि?”
शारदाले जवाफ दिइन् ” मैले पनि धेरै सोचेर प्रयोगात्मक परीक्षा दिनु छ?”
दुबैले फेरि उत्सुकतापूर्वक सोधे ” के परीक्षा हो त्यो ?”
उनलेे बताइन् “जीवनको हरेक पाइला आफैँमा परीक्षा हो । यो परीक्षामा आफ्नो बिशिष्टता देखाउन नसके अध्ययन र जागिरको परीक्षामा पास भएर मात्रै जीवनको मिठास फेला पार्न सकिदैन । हो दिनदिनै त्यही प्रयोगात्मक परीक्षा दिइरहेकी छु ।”

सारथि बाल पत्रिका

Share
Published by
सारथि बाल पत्रिका

Recent Posts

छात्रवृत्ति

सुमन कडरिया चितवन हरेक वर्षझैँ यस वर्ष पनि विद्यालयमा गरिब तथा जेहेन्दार विद्यार्थीलाई छात्रवृत्ति वितरण…

1 hour ago

“हाम्रो अधिकार”

धनराज सिलवाल खाने लाउने पढ्ने सबै हाम्रो अधिकार हो। शान्तिसँग बाँच्न पाउनु हाम्रो अधिकार हो।…

1 hour ago

धौ बजी

जानकी कर्माचार्य हरिसिद्धि, ललितपुर "ए मस्त ! धौ बजी कावाँ । ( ए बच्चाबच्चीहरू !…

2 hours ago

कृष्ण जन्माष्टमी

रामशरण न्यौपाने"पाँचघरे" अत्याचारमा कृष्ण जन्मे कंसको कारागारमा।१। कृष्ण तातैमा पुगे नन्दबाबाको घर रातैमा।२। देखे साराले…

2 hours ago

बाढीको पाठ

लक्ष्मी रिजाल पहिले गाउँलेहरू नदीसँग रिसाएका थिए । हरेक वर्ष बर्खा लागेपछि नदी उर्लन्थ्यो, खेत…

1 day ago

कृष्ण भक्ति गान

विके माकजु भक्तपुर नखाऊ गाल न चोर मखन ओ! बाल गोपाल मन सम्हाल झर्ला पर्ला…

1 day ago