ललिता ‘दोषी’
राष्ट्र हाँक्ने नेता आऊ
बनाऊ अब देश
हामी सबै एक भए
फेरिन्छ नि भेष
पढ्या लेख्या चाहिन्छ नि!
हाम्रो देशको नेता
फ्याँकौँ अब झारेझुरे
विचार गरौँ त्यता
अति भयो ङ्यार्रङुर्र
अति भयो पाप
अब उँधो झरे राष्ट्र
लाग्नेछ है श्राप
आफू मात्र भर्छन् पेट
पिउँदै सबको आँसु
राष्ट्रलाई सम्झेका छन्
तिनको बाउको नासो
हुँदैन है नेताज्यू हो
कात्रोभित्र गोजी
राष्ट्रघात गरे अब
पछार्नेछौँ खोजी
बढाउनु छ हात हाम्ले
कर्मठ नेतातिर
राम्रा नेता रोज्यौँ भने
हट्ने छ है पीर।
Group A Pts मेक्सिको 3 दक्षिण कोरिया 3 चेक रिपब्लिक 1 दक्षिण अफ्रिका 1 Group…
लालबहादुर भुजेल लमजुङ हली दाइले हिलाे साउँदा टण्टलापुर घाम, झमझम पानी पर्ने असार मासकाे याम।…
युगल बसेल सन्धिखर्क तुम्कोट टुकुर टुकुर टुकुर टुकुर मेरो आँगनैमा हिँड्छन् बाबु मिठो हाँसो सँगाली…
रञ्जुश्री पराजुली अमेरिका पार्क घुम्न जाँन रमाइलो लाग्छ एक्लै हैन घुम्न जाने साथी सङ्ग…