पुण्य घिमिरे
बैत्यश्वर-६,दाेलखा
धारामा पानी धररर, पहिला काे उठ्याे?
पिंढी जाँताे घररर, पहिला काे उठ्याे?”
ढिकी ढुक्लङ ढुक्लुङ,पहिला काे उठ्याे
मने बर्ल्याङ बुर्लुङ, पहिला काे उठ्याे?
कुचाे सरक सरक, पहिला काे उठ्याे?
ढाेका घर्याक घुरूक, पहिला काे उठ्याे?
हाउ हाउ म्याउँ म्याउँ, पहिला काे उठ्याे?
झलमल झुल्के घाम, पहिला काे उठ्याे?
आमा गाई दुहुँदैछन्, पहिला काे उठ्याे?
बाबा पानी ल्याउँदैछन्, पहिला काे उठ्याे?
दिदी दादा पढ्दैछन्, पहिला काे उठ्याे?
माैरी फूलमा चढ्दैछन्, पहिला काे उठ्याे?
हजुरआमा काकी काका, पहिला काे उठ्याे?
भन्नुस् न आमा बाबा, पहिला काे उठ्याे?
साउती मारी खुसुक्कै, पहिला काे उठ्याे?
निदाएछु भुसुक्कै, पहिला काे उठ्याे?
प्रेमनारायण भुसाल प्रजातान्त्रिक मुलुकमा जवाफदेहिता र पारदर्शितालाई जति महत्त्वपूर्ण सूचक मानिन्छ। त्यति नै महत्त्वपूर्ण रूपमा…
घनश्याम रेग्मी भोक शोक रोगका गरी निदान राम्ररी बालबालिका खुसी बनाउँदै सधैँभरि शैलझैँ खडा भई…
धनराज सिलवाल पढ्ने गर विद्यार्थी नानी हो शिक्षा हाम्रो जीवनको साथीहो रवि झलल, लेखेर पढ्ने…
युगल बसेल सन्धिखर्क, तुम्कोट वनघुमुवा जन्तु हुँ म, नाम मेरो बाँदर छैन बस्ने घर ठेगाना,…