निर्मला बराल
भक्तपुर सानो ठिमी
पाठशालाबाट फर्किएर जुठा भाँडा माझ्दै गरेको सन्तुलाई रमाले झ्यालबाट सम्झाउदै भनिन् ।
“सन्तु , तैँले खाएका भाँडाहरू हाम्रासँग मिसाएर बिटुलो पार्लास् नि , फेरि मलाई सुनपानी छर्किदाको सास्ती हुन्छ !
कलछेउ टुक्रुक्क बसेर कुकरमा मस्को घोट्दै गरेको सन्तुले, घर मालिक्नीको कुरा सुनेर अमिलो मुख पार्दै मुन्टो हल्लायो।
“हस्!”
पर्तिर आँगनमा गुन्द्रीमा बसेर रमाको दश बर्षे छोरो राम गृहकार्यको पाठ पढ्दै थियो ।
“…जातपातका आधारमा व्यवहार गर्नु ठूलो अपराध हो । छुवाछूत गर्ने समाजका शत्रु हुन्….!”
रामले त्यसरी कराइ कराइ पढेको सुन्दा सन्तुको मनमा डर पसेर आयो । तर, ऊ केही बोल्न सकेन।
आफ्नो छोरो त्यसरी कराइ कराइ पढिरहेको सुन्दा रमालाई अप्ठेरो अनुभव भयो । उनले हत्तपत्त ओठको बीचमा चोरी औंला राख्दै छोरो रामलाई चुप लाग्ने इसारा गरिन् । तर राम भने, आफ्नै सुरमा पाठ पढ्न तल्लीन थियो ।
“….जातिय बिभेदले सामाजिक सम्बन्ध बिथोल्छ …….!”
घनश्याम रेग्मी भोक शोक रोगका गरी निदान राम्ररी बालबालिका खुसी बनाउँदै सधैँभरि शैलझैँ खडा भई…
धनराज सिलवाल पढ्ने गर विद्यार्थी नानी हो शिक्षा हाम्रो जीवनको साथीहो रवि झलल, लेखेर पढ्ने…
युगल बसेल सन्धिखर्क, तुम्कोट वनघुमुवा जन्तु हुँ म, नाम मेरो बाँदर छैन बस्ने घर ठेगाना,…
काठमाडौँ । बूढानीलकण्ठ स्कुलमा सामाजिक यथार्थवादी तथा प्रयोगधर्मी नाटक ‘फलामे गेट’ मञ्चन गरिएको छ ।…
रञ्जुश्री पराजुली चिन जान दाजै म नेपाली छोरी आफ्नो कामगर्छु सीप जोरीजोरी समयमा पुस्तक खोली…
पुण्यप्रसाद घिमिरे बैत्यश्वर- ६,दाेलखा २०८३/४/२२ दुधका तुर्काे, तेलकाे थाेपाे, सुर्तीकाे खिली, केराकाे काेसाे। काँचै काेक्याउँछ,…