सरिता पराजुली
चन्द्रागिरि -१५, काठमाडाैं
स्कुल विदा रमाइलाे
साना साना नानी
सबैजना भन्ने गर्छन्
खेल्न कहाँ जानी?
याैटा भन्छ जङ्गल पसाैँ
काफल पाक्या छ है
अर्काे भन्छ टाढा नजाऔँ
डर लाग्छ नि है।
पारी पाखा खर्बारीमा
ऐसेलुकाे झाङ
हिड साथी सबैजना
टिपेर त्याे खान।
सबैजना लागे उतै
हा हा हिं हिं गर्दै
याैटा लाग्याे हाँगा भाच्न
घर लान्छु भन्दै।
अप्ठेराेमा पर्याे राम
हातभरि काँढा
भन्न थाल्याे बेकारमा
किन आएँ टाढा।
सबै जना फर्की आए
बारीपाटा डुल्दै
ऐंसेलु र काफलभन्दा
पाए फल भिन्दै।
सबैजना जिल्लपरि
हेरे एकाेहाेराे
याे त राम्राे फल रे त
भन नाम के हाे?
रम्भा पौडेल प्यारा भाइबैनीहरु ! यो असार महिना हो । अब असार पन्ध्र आउनैलाग्यो ।…
तुलसीराम खरेल बिर्तामोड झापा नयाँ सरकारले आइतबार छुट्टी गराएको थियो। नयाँ शैक्षिक सत्रमा आइतबार विद्यालय…
घनश्याम रेग्मी नानीहरू चित्र बनाउँदै थिए धर्सा खिची रङ्ग लगाउँदै थिए उत्साहका हार्दिक रङ्ग घोलिए…
अम्बिका धिताल भक्तपुर "बुबा, योगले साँच्चै जीवन बदल्छ ?" छोराले बिहानको सुनौलो घाममा आँखा चिम्लिरहेका…