Categories: बाल कथा

कार्ड

 

लीलाराज दाहाल
वागमती ११, कर्मैया, सर्लाही

यात्रु प्रतिक्षालयमा सार्वजनिक बस आएर रोकियो ! बस पर्खनेहरुको भिड थियो ! बलिया युवायुवतीहरु त ठेलठाल गरी बसमा चढे ! एउटा खुट्टा नभएको, बैशाखी टेक्ने शारीरिक अशक्त शिव र जेष्ठ नागरिकहरुलाई भने बस चढ्न निकैबेर लाग्यो ! उनीहरू बडा सकसले बल्लतल्ल बसमा उक्लिए !
बसभित्र पनि भिडभाड थियोे ! अशक्त र जेष्ठ नागरिकलाई छुट्याइएको सिटमा त युवायुवती पो आनन्दले बसिरहेका थिए ! यहाँ पनि निकै लामो तर्क बितर्कपछि मात्र उनीहरूले आफ्नो आरक्षित सिट भेट्टाए ! बसका चालक, सहचालकहरुका कर्कश हप्काइले यात्रुहरू पिडित भएर यात्रा गर्दै थिए !
सहचालक भाडा उठाउँदै आयो ! फेरि पनि सहचालकको ओठबाट विवादको कर्कश ध्वनि निस्कियो ! बृद्धबृद्धाले यत्ति भनेका हुन् ,” हामी जेष्ठ नागरिक हौँ ! भाडामा सरकारले तोकेको सहुलियत देउ ! ”
अशक्त यात्रु शिवले पनि यत्ति भनेको हो, ” म अशक्त हुँ ! भाडामा छुट गर ! ”
सहचालक च्याँठ्ठिएर कर्कश स्वरमा बोल्यो,” कार्ड छ, कार्ड ? ”
बृद्धबृद्धाले त जेष्ठ नागरिक परिचयपत्र बोकेका रहेछन् ! देखाए ! शिवले अशक्त परिचयपत्र बोकेको रहेनछ ! सहचालक फेरि चर्कियो, ” कार्ड बिना पाइन्न छुट ! ”
“मेरो एउटा खुट्टा छैन ! यी हेर ! घुँडामाथि काटिएको ठूटो ! बैशाखी टेकेर हिँड्छु ! म शारीरिक अशक्त होइन?”
यतिखेर शिवको मनको आकाशमा आशङ्काको बादल मडारिन थाल्यो !
सहचालक भने अझै भन्दै थियोे, ” तपाईँको खुट्टा होस् कि नहोस् ! मलाई के मतलब! मलाई त कार्ड चाहिन्छ,कार्ड!”
वागमती ११, कर्मैया, सर्लाही

सारथि बाल पत्रिका

Share
Published by
सारथि बाल पत्रिका

Recent Posts

बालबालिकाको गोपनीयता हक

प्रेमनारायण भुसाल प्रजातान्त्रिक मुलुकमा जवाफदेहिता र पारदर्शितालाई जति महत्त्वपूर्ण सूचक मानिन्छ। त्यति नै महत्त्वपूर्ण रूपमा…

5 hours ago

“बादल”

कृष्णशरण उपाध्याय पौडेल आकाश मा बादल छाउँदै छ गर्जेर चीसो जल ल्याउँदै छ बुटाबुटी साथ…

5 hours ago

परिस्थिति

सुमन कडरिया, चितवन “बाबा, मान्छे झुटो बोल्न किन डराउँदैनन् ?” गजल लेखिरहेका बाबालाई छोराको प्रश्नले…

5 hours ago

“स्नेहले हँसाउने बुबामुमा सुखी रहून्”

घनश्याम रेग्मी भोक शोक रोगका गरी निदान राम्ररी बालबालिका खुसी बनाउँदै सधैँभरि शैलझैँ खडा भई…

1 day ago

“आउँछ खरर”

धनराज सिलवाल पढ्ने गर विद्यार्थी नानी हो शिक्षा हाम्रो जीवनको साथीहो रवि झलल, लेखेर पढ्ने…

1 day ago

“म हुँ बाँदर”

युगल बसेल सन्धिखर्क, तुम्कोट वनघुमुवा जन्तु हुँ म, नाम मेरो बाँदर छैन बस्ने घर ठेगाना,…

1 day ago