Categories: कविता

“पाैरख गर्छाैँ हामी”

रीया कार्की
कक्षा: आठ
स्टयाण्डर्ड से बो स्कूल

स्वतन्त्र र स्वाभिमानी, हामी नेपाली
परिश्रमी मिहिनेती, हामी नेपाली।
हामी बीर गौरवमा, बाँच्ने नेपाली
ज्यान दिने देशभक्ति, साँच्ने नेपाली।
ऋषिमुनि,ज्ञानी बस्ने, ज्ञानभूमि नेपाल
गौतम बुद्ध जन्मभूमि, शान्तिभूमि नेपाल।
साधु सन्त योगी ध्यानी, तपोभूमि नेपाल
सर्वोच्च शिखर हाम्राे, हिमभूमि नेपाल।
जातिभाषा धर्म पेसा, संस्कृति छ बिशाल
अखण्ड यो देश हाम्रो, जय जय नेपाल।
एकीकरण गर्ने वीर पृथ्वीकाे नासाे
अटल याे देश राख्ने, हामीलाई चासाे।
संसारमा बीरताकाे, अभिमानी हामी
सधैँ शीर ठाडो राख्ने स्वाभिमानी हामी।
पुर्खाहरूकाे बीरतामा, गाैरव गर्छाैँ हामी
याे देशकाे उन्नतिमा, पौरख गछौँ हामी।

सारथि बाल पत्रिका

Recent Posts

बाढीको पाठ

लक्ष्मी रिजाल पहिले गाउँलेहरू नदीसँग रिसाएका थिए । हरेक वर्ष बर्खा लागेपछि नदी उर्लन्थ्यो, खेत…

46 minutes ago

कृष्ण भक्ति गान

विके माकजु भक्तपुर नखाऊ गाल न चोर मखन ओ! बाल गोपाल मन सम्हाल झर्ला पर्ला…

60 minutes ago

प्रकृतिको कहालीलाग्दो उपहार

शोभा कोइराला कस्तो आपत भोग्नु पर्दछ हरे प्राणीहरूले यहाँ पीडा यो यति खप्नुपर्छ किन हो…

1 hour ago

विडम्बना

भूमिका गैरे तिमिल्सिना गैंडाकोट ४ नवलपुर “किन, ढिलो भएन ?” आमा कराउँनुभयो। विएलइको परीक्षा नजिकिएको…

1 day ago

“मख्ख पार्छन् मलाई”

इन्दिरा प्रयास डुल्दै आएँ अलि दिन बसूँ हर्ष मान्दै धरामा साथी जाेड्दै हृदयतलका सम्झनाका गरामा…

1 day ago

“झुट बोल्दैनौँ”

पुण्यप्रसाद घिमिरे बैत्यश्वर ६, दोलखा हामी खुशी छौँ हामी ज्ञानी छौँ सबैका प्यारा, बाबु नानी…

2 days ago