Categories: कविता

“भाषाको दुर्दशा”

बासुदेव पाण्डे

धाराप्रवाह अङ्ग्रेजी,बोले ठानिन्छ पण्डित
नेपाली शब्द बोलेमा विद्यार्थी हुन्छ दण्डित।

भाषा हो सभ्यता हाम्रो हुनुपर्ने चिरन्तन
सहस्राब्दी नबित्दा नै यसको दुर्दशा किन।

जननीतुल्य हो भाषा सधैँ जो छ उपेक्षित
ढले वाङ्मयको खम्बा नहोला राष्ट्रको हित।

मातृभाषा छ वक्ताले बोल्न मान्यो जहाँ डर
त्यहाँ वाङ्मय,भाषाको फैलिने ठाउँ हुन्छ र?

आमा जीवनदात्री हुन्,भाषा हो परिचायक
वाणीभित्र अटेको छ मान्छेको सभ्यता जग।

खेलाँची नगरे राम्रो, भाषा वैभव हो बुझी
भाषा,संस्कृति मासेमा सिद्धिएला सबै खुसी।

ऐना हुन् देश हेर्ने यी भाषा, वाङ्मय, संस्कृति
जगेर्ना गर्नु हो धर्म आओस् जस्तो परिस्थिति।

भाषा हुन् जननीजस्तै,मार्ग हो पान्थखातिर
भाषाका वनमाराले गाँज्न थाल्यो सबैतिर।

छ दु:शासनको कृत्य, सर्वेसर्वा छु भान छ
‘दाउकी द्रौपदी’ जस्तै भाषाको अपमान छ।

आमाका काखमा सिक्ने भाषा जीवनदायिनी
खेलाँची नगरौँ कोही एकता-सूत्र हुन् यिनी।

विरोधाभासझैँ आए आआफ्नै बलिया मत
हो भाषा फेरिने गर्छ बेला बेला स्वभावत:।

जबर्जस्ती बदल्नेमा पैसाको खेल हात छ
‘नबदल्ने’, ‘बदल्ने’ यी दुबैमा अतिवाद छ।

न उस्तै रहने वाणी न फेरिन्छ गरी कर
मर्यादाभित्रको भाषा होला जीवन्त सुन्दर।

सारथि बाल पत्रिका

Recent Posts

बाढीको पाठ

लक्ष्मी रिजाल पहिले गाउँलेहरू नदीसँग रिसाएका थिए । हरेक वर्ष बर्खा लागेपछि नदी उर्लन्थ्यो, खेत…

2 hours ago

कृष्ण भक्ति गान

विके माकजु भक्तपुर नखाऊ गाल न चोर मखन ओ! बाल गोपाल मन सम्हाल झर्ला पर्ला…

2 hours ago

प्रकृतिको कहालीलाग्दो उपहार

शोभा कोइराला कस्तो आपत भोग्नु पर्दछ हरे प्राणीहरूले यहाँ पीडा यो यति खप्नुपर्छ किन हो…

2 hours ago

विडम्बना

भूमिका गैरे तिमिल्सिना गैंडाकोट ४ नवलपुर “किन, ढिलो भएन ?” आमा कराउँनुभयो। विएलइको परीक्षा नजिकिएको…

1 day ago

“मख्ख पार्छन् मलाई”

इन्दिरा प्रयास डुल्दै आएँ अलि दिन बसूँ हर्ष मान्दै धरामा साथी जाेड्दै हृदयतलका सम्झनाका गरामा…

1 day ago

“झुट बोल्दैनौँ”

पुण्यप्रसाद घिमिरे बैत्यश्वर ६, दोलखा हामी खुशी छौँ हामी ज्ञानी छौँ सबैका प्यारा, बाबु नानी…

2 days ago