शोभा कोइराला
पिता नै विधाता पिता नै सबै
नदीका किनारा पिता नै अझै।।
सहारा पिताको हुँदा सन्तति
कसै गर्न सक्छन् सदा उन्नति
छहारी पिताको भए वंशमा
हुँदैहुन्न अत्यास सन्तानमा।
निराशा हटाई दिलासा दिने
पिपासा जगाई भरोसा दिने
महात्मा उनै धर्मका रक्षक
र नौका उनै मर्म संरक्षक।
सदाचार शिक्षा निखारीकन
उदासी मनोभाव गालीकन
सुसंस्कारको मार्ग देखाउने
पिता हुन् कुसंस्कार मेटाउने।
महासिन्धु तार्ने पिता आर्यझैँ
पराविन्दु गन्तव्यका पार्थझैँ
पिता आत्मविश्वासका हुन् धनी
र सन्तानका निम्ति सञ्जीवनी।
पिता मूल सम्भावना सार हुन्
सबैथोक झेल्ने वफादार हुन्
पिता प्रेरणाका उषाकाल हुन्
र सङ्घर्षका सृष्टि आभार हुन्।
नेपाली साहित्याकाशको गजल विधामा गजलका पिता भनेर स्थापित नाम हो मोतीराम भट्ट । मोतीराम भट्ट…
रञ्जुश्री पराजुली मेरा प्यारा बाबा तिमी कता हरायौ आउँछौ भनी कुरि बसेँ तिमी आउँदै आएनौ…
धनराज सिलवाल चितवन पुतली यो पुतली कति राम्री पुतली मेरो साथी पुतली बगैँचाकी सुन्दरी ॥…
शान्ति भण्डारी दाहाल दैलेख हाल बुद्धनगर काठमाण्डौँ मलाई धेरै मायाँ गर्ने मेरो बाबा हुनुहुन्छ स्कूलमा…