Categories: कविता

“मेरा प्यारा बाबा”


रञ्जुश्री पराजुली

मेरा प्यारा बाबा
तिमी कता हरायौ
आउँछौ भनी कुरि बसेँ
तिमी आउँदै आएनौ

कता गयौ किन गयौ
फर्की किन आएनौ
नाना पापा मलाई चाहिन्न
तिमी मलाई चाहिन्छ

तिम्रो मुख हेर्ने दिन
आउनु पर्छ जसरी नि
मिठाई फलफुल ठिक्क पार्छु
तिम्ले खानु पर्छ नि

मुख छोपी आमा
तिम्लाई खोजि रुन्छिन्
तिमी नभएर हाम्रो घर
अँध्यारोमा डुबेको छ

तिम्री सानी मायालु
ज्ञानी छोरी हुँ म
राम्रो नाना मीठो खाना
बरु मलाई चाहिन्न

चाहिन्छ त केवल मलाई
केवल तिम्रो न्यानो काख
हात जोरी भिख माग्छु
देउ माता सङ्ग

बाढी पैरो हुत्याएर
हाम्लाई टुहुरो नपार
झट्ट देउ अहिले देउ
मेरा बाबालाई

हैन भने मलाई लग
जता लग्यौ मेरा बाबालाई
बाढीले लुड्याएर
कता लग्यो तिमीलाई

एक्लै तिम्लाई जान दिन्न
म पनि पछि लागेँ तिमीलाई खोज्दै।

सारथि बाल पत्रिका

Share
Published by
सारथि बाल पत्रिका

Recent Posts

मोतीराम भट्टको संक्षिप्त जीवनी

नेपाली साहित्याकाशको गजल विधामा गजलका पिता भनेर स्थापित नाम हो मोतीराम भट्ट । मोतीराम भट्ट…

1 day ago

“पिता”

शोभा कोइराला पिता नै विधाता पिता नै सबै नदीका किनारा पिता नै अझै।। सहारा पिताको…

1 day ago

कुशेऔँसी

सुरेशकुमार पाण्डे "बाबा हामी कता हिंडेका हौँ ?"- बाह्र वर्षको नाति तेजुले नमराजसँग सोध्यो ।…

1 day ago

“मेरो साथी पुतली”

धनराज सिलवाल चितवन पुतली यो पुतली कति राम्री पुतली मेरो साथी पुतली बगैँचाकी सुन्दरी ॥…

2 days ago

“समर्पण”

  चम्पा दिवस राई दक्षिण सुखिम एउटा ठूलो बृक्ष थियो धेरै हाँङ्गा फैलिएका। एक दिन…

3 days ago

“मेरो बाबा”

शान्ति भण्डारी दाहाल दैलेख हाल बुद्धनगर काठमाण्डौँ मलाई धेरै मायाँ गर्ने मेरो बाबा हुनुहुन्छ स्कूलमा…

3 days ago