लक्ष्मी रेग्मी खनाल
वालिङ्  स्याङ्जा

“अहिले त ठीकै छ्यौ , होइन ?” सासूको आवाज चर्कियो । “अँ ,” अनुशाले बिस्तारै भनिन् । पेटको टाँका पोलिरहेकै थियो । “हाम्रो छोरीको पनि त दुई महिना अघि बच्चा भयो, नर्मल ! न्वारानकै भोलिपल्ट बाट खाना पकाएकी थिईन् । तिमी चाहिँ अझै ओछ्यानमै !” अनुशाले ओठ टोकिन् । उनलाई सम्झना आयो— श्रीमान बहिनीको डेलिभरी पछि अस्पतालमा रातभरि बसेका थिए । सासूले महिनौँसम्म उनलाई केही गर्न दिइनन् । तर आफ्नै शरीर चिर्दा खेरी चाहिँ उनलाई सान्त्वना दिने कोही थिएन। “आमा, अपरेसन भयो भने त चाँडै निको हुँदैन नि !” उनले सुस्तरी भनिन् । “ए, हामीलाई थाहा छैन जस्तो गर्छ्यौ  !”  यस्ता जाबा छोराछोरी कुकुरले नि ! पाउँछ” हामी बेशीको खेती भिरको घाँसदाउरा गरेकै हो । न भोकमा खान पाइयो । न कसैले कस्तो  छ भनेर सोधे ? खै हामी जिउँदै छम क्यारे! यी चाहिँ सधैँ स्याहार खोज्छिन् !” अनुशाले आँखाभरि आँसु पारिन् ।  आमा  हिजोका दिनहरु निकै कष्टकर थिए रे ! सबैलाई दुखै हुन्थ्यो होला । तर अहिले समय अलिकति फेरिएको छ नि ! स्वास्थ्य सुबिधा धैरे छन् । भएको प्रविधिको प्रयोग गर्नु पर्यो होइन र ? छोरीबाट  बुहारी बनेर आएको दिनदेखि उनको पीडा, उनको दुःख, उनको पीडाको आवाज पनि सिमानाबद्ध थियो ।” अनुशाका श्रीमानले रिसाउदै भने , “तिमी कति जान्नी भएकी” । आमाले छ, सात वटा बच्चालाई जन्माएर हुर्काएको मान्छेसँग ।  अनुशाकी नन्द नजिकै  बाट सबै सुन्दै थिइन । उनलेे भनिन- हैन कति रडाको हो । सबैको शरिर कहाँ एउटै हुन्छ र ? होला भाउजूलाई गाह्रो भएको । केहिदिन माइतीघर गएर आराम गरेर आउनुहुन्छ । बाहिर अनुशाको छोरी सुतिरहेकी थिईन् । ऊ ठूली हुँदा आमा बन्नेछे। अनि अनुशाले सोचिन्— छोरी भएर बुहारी हुनुको पीडा ऊ नबुझोस् ।

सारथि बाल पत्रिका

View Comments

  • Can you be more specific about the content of your article? After reading it, I still have some doubts. Hope you can help me.

Recent Posts

प्रयास

सुमन कडरिया चितवन सागिर्द आँगनमा खेलिरहेको थियो। खेल्दाखेल्दै उसको नजर एउटा सानो कमिलामाथि पर्यो। कमिलाले…

1 day ago

“बालापनको रक्षा”

घनश्याम रेग्मी होस् बालापनको रक्षा भविष्य हुन्छ रक्षित नारा हो पर्वको खास बालिकावर्ग लक्षित।। कोपिला…

1 day ago

“शरद ऋतुको आगमन”

मधुसुदन पर्साद घिमिरे शरद् आयाे ताली ठाेकी रमाइ दशैँ तिहार खर्च के छ कमाइ कन्या…

3 days ago

“लाेक बाजा बिनायाे”

इन्दिरा प्रयास विविध विविधता नै मैलियाे आजभोलि किन किन युवतीले बिर्सिए मिष्ठबाेली विकृति पनि बढेरै…

3 days ago

पसिनाको मुल्य

शरद गौतम घोराही १५ हरि, मोहन केशव तथा अरु हरु एकै गाउमा बस्छ्न। गाउँ पनि…

3 days ago

बालबालिका सम्बन्धी ऐन संशोधन विधेयक : डिजिटल हिंसादेखि बाल न्यायसम्म नयाँ व्यवस्था प्रस्ता

काठमाडौं । सरकारले बालबालिकाको सर्वोत्तम हित, अधिकारको संरक्षण र बालमैत्री न्याय प्रणालीलाई थप सुदृढ बनाउने…

4 days ago