रमेशचन्द्र घिमिरे
भोर्लेटार, लमजुङ
हुल देख्दा चिर्बिर गर्ने चरा–बचेराको
फेरि याद आउँछ मलाई आफ्नै पखेराको
पिस्ती खोला जाँदा पनि जङ्गल काटी जान्थ्यौँ
ऐँसेलु र बयरलाई खुसी बाँडी खान्थ्यौँ
ऐँसेलु र बयरको झ्याङ छैन आज
वन फाँड्ने मान्छेलाई केको रात–साँझ ?
दिउसै पनि लाग्थ्यो मलाई चितुवाको डर
लाग्छ अचेल मान्छेको नै जो छन् वरपर
वन फाँड्ने मूर्खहरू बनेका छन् ठालू
बाँदरले नै राज गर्छन् छैनन् बाघ–भालु
डढेलाको कालो देख्दा रुन्छ मेरो मन
डाँडाकाँडा छिचोल्दा’नि देखिँदैन वन
गाई चर्ने जङ्गलमा कुखुराको बास
घाँस पनि नपाए’सि के पो गर्ने आश ?
जङ्गल फाँडी काठ काट्ने सुन दाजुभाइ
एउटा रुख हुर्काइदेऊ छोरा–नातिलाई।
घनश्याम रेग्मी होस् बालापनको रक्षा भविष्य हुन्छ रक्षित नारा हो पर्वको खास बालिकावर्ग लक्षित।। कोपिला…
मधुसुदन पर्साद घिमिरे शरद् आयाे ताली ठाेकी रमाइ दशैँ तिहार खर्च के छ कमाइ कन्या…
इन्दिरा प्रयास विविध विविधता नै मैलियाे आजभोलि किन किन युवतीले बिर्सिए मिष्ठबाेली विकृति पनि बढेरै…
काठमाडौं । सरकारले बालबालिकाको सर्वोत्तम हित, अधिकारको संरक्षण र बालमैत्री न्याय प्रणालीलाई थप सुदृढ बनाउने…