रमेशचन्द्र घिमिरे
भोर्लेटार, लमजुङ
हुल देख्दा चिर्बिर गर्ने चरा–बचेराको
फेरि याद आउँछ मलाई आफ्नै पखेराको
पिस्ती खोला जाँदा पनि जङ्गल काटी जान्थ्यौँ
ऐँसेलु र बयरलाई खुसी बाँडी खान्थ्यौँ
ऐँसेलु र बयरको झ्याङ छैन आज
वन फाँड्ने मान्छेलाई केको रात–साँझ ?
दिउसै पनि लाग्थ्यो मलाई चितुवाको डर
लाग्छ अचेल मान्छेको नै जो छन् वरपर
वन फाँड्ने मूर्खहरू बनेका छन् ठालू
बाँदरले नै राज गर्छन् छैनन् बाघ–भालु
डढेलाको कालो देख्दा रुन्छ मेरो मन
डाँडाकाँडा छिचोल्दा’नि देखिँदैन वन
गाई चर्ने जङ्गलमा कुखुराको बास
घाँस पनि नपाए’सि के पो गर्ने आश ?
जङ्गल फाँडी काठ काट्ने सुन दाजुभाइ
एउटा रुख हुर्काइदेऊ छोरा–नातिलाई।
चेतनाथ दाहाल ज्ञानी भइ राम्रोसँग पढ बाबू नानी राम्रो लक्ष लिई अधि बढ बाबू नानी…
फेसबुक कवि बैत्यश्वर-६,दाेलखा कुरा बुझ बाबु नानी, बाबा भन्नुहुन्छ, ओैलाभाँच्दै आमा पनि, कामै गन्नुहुन्छ। चाँडै…
Group A Pts मेक्सिको 3 दक्षिण कोरिया 3 चेक रिपब्लिक 1 दक्षिण अफ्रिका 1 Group…
लालबहादुर भुजेल लमजुङ हली दाइले हिलाे साउँदा टण्टलापुर घाम, झमझम पानी पर्ने असार मासकाे याम।…
युगल बसेल सन्धिखर्क तुम्कोट टुकुर टुकुर टुकुर टुकुर मेरो आँगनैमा हिँड्छन् बाबु मिठो हाँसो सँगाली…