राज कुमार राजभण्डारी “खाेटाङ्गे”
मध्यपुर ठिमी ५संगम काेलाेनी भक्तपुर
बगैँचामा राम्रा राम्रा फुल्ने गर्छन फूल
डुल्छन् त्यहीँ पुतलीकाे हुल
पुतलीकाे हुल…
स्कुलमा पढ्न जाउ घर बसी नगरौ भुल
ज्ञान लिन तिमी पनि पुतली झै डुल।
बगैँचामा राम्रा राम्रा फुल्ने गर्छन् फूल
डुल्छ्न् त्यहीँ पुतलीकाे हुल
पुतलीकाे हुल….
आउ साथी पढौ हामी किताब समाएर
नाचौँ अनि हामीहरू सबै रमाएर सबै रमाएर।
बगैँचामा राम्रा राम्रा फुल्ने गर्छन् फूल
डुल्छन् त्यहीँ पुतलीकाे हुल
पुतलीकाे हुल….
अन्धकारलाई चम्काई दिने चन्द्रमानै हाेला
पढ्नु जान किताब बाेक्ने हाम्रो आफ्नै झाेला।
बगैँचामा राम्रा राम्रा फुल्ने गर्नेछन् फूल
डुल्छन् त्यहीँ पुतलीकाे हुल
पुतलीकाे हल….
लेखौँ पढौँ हामीहरू कलम कापी समाई
हाँसौँ खेलौँ नाचौँ हामी आपसमा रमाइ।
रम्भा पौडेल प्यारा भाइबैनीहरु ! यो असार महिना हो । अब असार पन्ध्र आउनैलाग्यो ।…
तुलसीराम खरेल बिर्तामोड झापा नयाँ सरकारले आइतबार छुट्टी गराएको थियो। नयाँ शैक्षिक सत्रमा आइतबार विद्यालय…
घनश्याम रेग्मी नानीहरू चित्र बनाउँदै थिए धर्सा खिची रङ्ग लगाउँदै थिए उत्साहका हार्दिक रङ्ग घोलिए…
अम्बिका धिताल भक्तपुर "बुबा, योगले साँच्चै जीवन बदल्छ ?" छोराले बिहानको सुनौलो घाममा आँखा चिम्लिरहेका…