Categories: बाल कथा

अर्को स्कुल

आत्माराम न्यौपाने
भोजपुर

हिप हिप … हुर्रे !
हिप हिप … हुर्रे !
दिनाङ्क … हुर्रे … ! दिनाङ्क … हुर्रे !
पालिकाको मा. वि. स्तरीय छेलो प्रतियोगितामा कक्षा आठका दिनाङ्क नेपालले यही आवाज सुने दिनभरिका तीनैवटा इभन्टमा ।
दह्रा पनि थिए र साथीभाइ एवम् सर मिसहरूको हौसलाले तीनवटै चरणमा उत्कृष्ट खेल प्रदर्शन गरे पनि । अब एक चरण पार गर्ने बित्तिकै उनी अन्तिम चरणमा पुग्ने पक्का थियो । त्यसपछि त उनी जिल्लास्तरीय प्रतियोगितामा !
हामीसँगै मैदानको वल्लो छेउमा बसेकोबेला दिनाङ्कले पसिना पुछ्दै सुनाए, `त्यो सुमनलाई त म मजाले हराइहाल्छु नि !´
हामीलाई पनि पूर्ण विश्वास थियो उनमा । पोहोर पनि हराएका थिए ।
दश मिनेटको विश्राम न हो, एकै छिनमा सकियो । दिनाङ्क उठ्नेबित्तिकै फेरि मैदानभरि सुनियो :
दिनाङ्क … हुर्रे … ! दिनाङ्क … हुर्रे !
… जय श्रीराम … !!! ढक्क … !
पन्ध्र इन्चले उछिने उनले सुमनलाई ।
भोलिपल्ट बेलुका दिनाङ्कले स्कुलबाट आएर आमालाई सुनाए, `आमा ! म अर्को वर्ष अर्को स्कुलमा पढ्छु है । हाम्रो हेडसर अर्कै धर्मको हुनुहुँदो रहेछ । मैले जय श्रीराम … भनेको मन परेनछ उहाँलाई । जिल्लामा भाग लिन अर्कैलाई पठाउने रे !´

सारथि बाल पत्रिका

Share
Published by
सारथि बाल पत्रिका

Recent Posts

मध्यरातको त्यो सर्प

इन्दु उपाध्याय विश्वनाथ, असम रातको पौने बाह्र बजेको थियो। घरभरि गहिरो सन्नाटा थियो। सबैजना निद्रामा…

10 hours ago

आइसक्रिमका यादहरू

राजेन्द्र परदेसी हजुरबुबा छतमा बसेर पत्रिका पढिरहनुभएको थियो। त्यही बेला नाति आनन्द उहाँको नजिक आएर…

10 hours ago

“नानी गरिमा”

शरद गौतम हे नानी गरिमा निमोठियौ तिमी बाल्यकालमा जसै इच्छा आकाँक्षा तिम्रा कति थिए उजाडभएनि…

11 hours ago

“घडी”

ह्रदय लेकाली यो घडी साँच्चै अचम्म लाग्दो छ। कहिले अगाडि अगाडि र कहिले ढिलो गरेर…

1 day ago

“क ख रा”

धनराज सिलवाल चितवन क बाट कलम ख खरायो ग बाट गमला घ घडी पढ पढ…

1 day ago

विडम्बना

भूमिका गैरे तिमिल्सिना गैंडाकोट ४ नवलपुर “किन, ढिलो भएन ?” आमा कराउँनुभयो । विएलइको परीक्षा…

1 day ago