“आमा म स्कुल जान्छु”

तुलसी पण्डित

आमा म स्कुल जान्छु अब पढ्नलाई
ज्ञान गुन सिकिकन राम्रो हुनलाई।

सर मेडम आउनु हुन्छ कक्षा कोठामा
न जानेका कुरा सोध्छौ हाँसो ओठमा।

माया अझ गर्नु हुन्छ झनै सोधेमा
रिसाउनु पो हुन्छ क्यार कुरा काटेमा।

खुशी पनि हुनुहुन्छ राम्रो पढेमा
गाली झनै गर्नु हुन्छ झुटो बोलेमा।

भन्नुहुन्छ राम्रो पढ ज्ञानी बन नानी
मिठो बोल आदर गर हुन्छ राम्रो बानी।

कर्तव्य हो पढ्ने हाम्रो भुल्नु हुँदैन
लोभ सबै त्याग नानु चोर्नु हुँदैन।

सारथि बाल पत्रिका

Share
Published by
सारथि बाल पत्रिका

Recent Posts

फीफा वर्ल्ड कप 2026

Group A Pts मेक्सिको 3 दक्षिण कोरिया 3 चेक रिपब्लिक 1 दक्षिण अफ्रिका 1 Group…

1 hour ago

“पन्ध्र असार”

लालबहादुर भुजेल लमजुङ हली दाइले हिलाे साउँदा टण्टलापुर घाम, झमझम पानी पर्ने असार मासकाे याम।…

2 hours ago

“ल्याए है, उँभौली”

युगल बसेल सन्धिखर्क तुम्कोट टुकुर टुकुर टुकुर टुकुर मेरो आँगनैमा हिँड्छन् बाबु मिठो हाँसो सँगाली…

2 hours ago

सफलता

उमानाथ दाहाल "यसपटक पनि मेहनत नै नपुगे जस्तो देखियो।" लोकसेवा आयोगले लिएको नासुको परीक्षामा असफल…

2 hours ago

“पार्क घुम्न जाँदाको रमाइलो”

  रञ्जुश्री पराजुली अमेरिका पार्क घुम्न जाँन रमाइलो लाग्छ एक्लै हैन घुम्न जाने साथी सङ्ग…

1 day ago

मल्लिका

रीता मिश्रा तिवारी भागलपुर,बिहार सानैदेखि सुनेको हो कि..कश्मीरलाई धर्तीको स्वर्ग भनिन्छ। यहाँको हावापानी, प्राकृतिक सुन्दरता…

1 day ago