तुलसी पण्डित
नरे झस्क्यो । चिच्यायो । आवेगमा आयो । के भइ रहेछ यस्तो । उसले सोच्यो । यो उनीहरुको लापरबाही हो। जङ्गल विनास गर्नु हुँदैनथ्यो । हेर त यत्रो बस्ती सलल बग्यो । कति धनजनको क्षति भयो।
ऊ अगाडि बढ्दै गयो। नदीमा विष राखेर माछा मारी रहेका । त्यहाँ माछा र विभिन्न जीवहरु पानी माथि तैरी रहेका थिए । यही भएर अहिले पहिलेको जस्तो माछाहरु पाइन छोडे । यसमा रोकथाम गरिएन भने देशमा खाद्य संकट आउनेछ।
ऊ अगाडि बढ्दै गयो। ओहो ! कति ठूलो युद्ध । बमबारुद , क्षेप्पास्र , मिसाइल हानि रहेका । यसले धनजनको साथै जङ्गल विनास भइ रहेको थियो । त्यसबाट आएका धुलो धुवाले वातावरणमा असर गरि रहेको । वातावरणमा आएको विनासले उत्पादनमा ह्रास आएको थियो । अनाज उत्पादन न हुनाले जतासुकै हाहाकार मात्र । उसले सोच्यो यसको असर त सबैलाई पर्छ होलानी ?
ऊ अगाडि बढ्दै गयो । समुन्द्र तिर नजर लगायो । त्यहाँ बढेमानको ह्वेल माछा किनारमा छट्पटी रहेको थियो।
“होइन तिमी यति ठूलो जीवलाई पनि के भयो । छट्पटाइ रहेछौ ?” “मान्छे उन्मत्त भए नि । जमिनमा त लडे लडे, पानीमा पनि लड्न थाले । पानीमा पनडुब्बीबाट मिसाइल तोप हान्न थाले । यसले वातावरणमा असर गर्यो । त्यसैको परिणाम मेरो यो अवस्था भयो।”
नरेले आत्तिदै भन्यो। “मान्छे किन सोच्दैन अझै ?”
“विनास काले विपरित बुद्धि भन्छन् । अब यही कारणले वातावरणमा प्रतिकुल असर पर्ने भयो । अनि यसको असरले मानिस लगायत हरेक जीव र वनस्पतिको विनास हुनेछ । अझ नदीमा बमवारुद पड्काउने विष राख्ने । ताल पोखरी पुर्नेहरुको विनास पनि नजिकिदै छ ।”
ऊ झलास्य व्यूँझ्यो र चिच्यायो । उसले आफूले पुर्न लागेको ठूलो पोखरी तिर दृष्टि लगाउदै भन्यो ।
“ए त्यो सिमसार ताल न पुर । अब प्यलटिङ् गर्ने होइन । त्यो जीवन्त रहोस् ।”
मातातिर्थ औसीको उपलक्ष्यमा तुलसी पण्डित भैँसीले छट्पटीदै भुइमा पाडो खसाल्यो । पाडो खसेपछि भैँसी र्याल…
मातृ औंसी विशेष राजन् कार्की धरान सुनसरी "रामरी बस ल !" माउले बचेरालाई सुम्सुम्याउँदै भनी।…
दुर्गा घिमिरे आज विद्यालयमा नतिजा प्रकाशित हुने दिन थियो। बिहानैदेखि विद्यालयको वातावरण निकै चहलपहलपूर्ण देखिन्थ्यो।…
निमा छिरिङ भोटिया जलढाका कालेबुङ भारत बिहानबाट आज छोरीको पाठशाला जाने चहल पहल छैन। छोरीको…
कृष्णशरण उपाध्याय पौडेल बस्छन् जङ्गलमा सारा , घुमन्ते जन राउटे निल्छन् पीडा व्यथा गाह्रा ,…