Categories: बाल कथा

पुतली

धनसिंह विश्व
गेजिङ, प० सिक्किम

सीता सधैँ स्कूलबाट घर आएपछि हात मुख धोएर केही खानेकुराहरू खान्छिन् अनि आफ्नी आमासँग मिठा मिठा कुराकानी गर्छिन्। कहिले आमालाई काम सघाउँछिन् भने कहिलेकाही बगैँचामा खेल्न रुचाउँछिन्।
एकदिन सीताले बगैँचामा रंगी बिरंगी पुतलीहरुलाई देखिन्। पुतली पक्रनुको लागि पुतलीको पछि पछि भागिन् तर हाता परेन।
सीताले सोंचिन् ‘आखिर मेरो पनि पुतलीहरुका जस्तै पखेटा हुँदो हो त, कति माथि माथि आकाशमा उड्ने थिएँ’। दुबै हात उचालेर उफ्रन्छिन् तर उड्न भने सकिनन्।
हेर्दा हेर्दै ऋतु परिवर्तन भयो। फूलका पातहरुमा ठ्याम्मै अण्डाहरु टाँसिएका थिए। केही दिन पछि त्यहाँबाट झुसिले किराहरु थुप्रै निस्किए। सीताले डरलाग्दा किराहरु देखेर बगैँचामा जानै छाडिदिन्।
केही दिन पछि फेरी ती किराहरु सबै रंगी-बिंरगी पुतली भएर एकाएक गर्दै फुर्र फुर्र उडेन थाले।
सीताले त्यस बेला भने एउटा पुतली पक्रिन् र काँचको बट्टामा राखेर घर लिएर आइन्। त्यो देखेर आमाले कराउँदै भनिन् “किन पक्रेको? अब त्यो पुतली मर्छ। पाप लाग्छ नानी। बाहिर लगेर छाडिदेऊ।
सीताले पुतली लुकाउँदै भनिन् “आमा! पाप लाग्छ भने बेलुका बत्तीमा आएको पुतलीहरु किन मार्नु भएको ?

सारथि बाल पत्रिका

Share
Published by
सारथि बाल पत्रिका

Recent Posts

“मेरो सानो”

धनराज सिलवाल चितवन मेरो सानो आँखा छ मेरो सानो हात छ तोते बोली भए पनि…

3 hours ago

नयाँ पुस्ता

सुरेशकुमार पाण्डे दाङ घोराही १८ "यो मोबाइल खराब भयो ठिक गराइदेउ त नानी !"-राधाले आफ्नि…

3 hours ago

रक्तदान

राजु क्षत्री अपुरो जङ्गलमा पशुपंक्षीहरूको आफ्नै दुनियाँ थियो। उनीहरूले पनि आ आफ्नो सङ्गठन बनाएका थिए।…

1 day ago

प्रविधि

फिराक गोर्खाली असम "तिमीहरूलाई अचेल मात्र फोन, फोन। दिनभरि हेरेर पुगेन, अब सुत्ने बेलामा पनि…

1 day ago

बालबालिकाको गोपनीयता हक

प्रेमनारायण भुसाल प्रजातान्त्रिक मुलुकमा जवाफदेहिता र पारदर्शितालाई जति महत्त्वपूर्ण सूचक मानिन्छ। त्यति नै महत्त्वपूर्ण रूपमा…

2 days ago

“बादल”

कृष्णशरण उपाध्याय पौडेल आकाश मा बादल छाउँदै छ गर्जेर चीसो जल ल्याउँदै छ बुटाबुटी साथ…

2 days ago