गंगा खड्का
बूढानीलकण्ठ ,काठमाडौँ
“नानी छोरीलाई धेरै पढायौ । छात्रवृत्तिमा अमेरिका पनि जान लागिन्। तर तिमी एउटा कुरामा चाहिँ असाध्यै चुकिछ्यौ।”
प्रेमबहादुरले केही दिन अगाडि गाउँबाट आएदेखि भोगेको अनुभवको आधारमा अनुहार बिगार्दै कमलालाई भने।
“त्यस्तो के भएछ र बुबा? हामीले त छोरीले राम्रोसँग पढिरहेकै छे भनेर अरु कुरामा त ख्यालै गरेनौँ ।” कमलाले बडो गम्भीर भावमा जिज्ञासा राखी।
प्रेमबहादुरले कमलालाई आश्वस्त बनाउँदै भने ” हेर छोरी , मान्छेको पहिचान उसको नाम , पद, प्रतिष्ठा र सम्पत्तिले भन्दा पनि असल चालचलन र संस्कारले हुन्छ। तिमीले यति धेरै पढेकी छोरीलाई असल संस्कार सिकाउन
सक्यौ भने त्यो जस्तो अमूल्य सम्पत्ति अरु केही हुँदैन।”
शोभा कोइराला तातो हावा अतिशय भयो रोकिने छाँट छैन आषाढैको प्रथम दिनमै खोज्न केही हुँदैन…
मौसमी चंद्रा पटना बिहार गाउँको छेउमा एउटा सानो घर थियो, जहाँ मीरा बस्थी। ऊ सात…
प्रमाेद नेपाल "बाबा ! हजुरकाे र मेराे माेजा उस्तै ।" नातिनीकाे कुरा सुनेर धनबहादुर जिल्ल…
शान्ति भण्डारी दाहाल बुद्धनगर काठमाण्डौँ ऋतु र वर्षा दिदी भाइ थिए । ऋतुले भाइ वर्षालाई…
दुर्गा घिमिरे "बा निकै बिरामी हुनुहुन्छ। डाक्टरले तुरुन्तै अप्रेशन गर्नुपर्छ भनेका छन्। कम्तीमा पचास हजार…