Categories: कविता

“पुसे खाजा”

रामप्रसाद पन्थी
रेसुङ्गा न पा २

बाबा आमा हामी पनि वनपाखा जाऊँ
परिवार रमाएर पुसे खाजा खाऊँ।

विदा पनि भएकाे छ सबै जनालाई
यस्तो माैका कमै मिल्छ हाे कि हैन दाइ ?

सानातिना भाँडाकुँडा हामी पनि बाेक्छाैँ
छेस्का छेस्की दाउरा नि हामी आफैँ खाेज्छाैँ।

आगाे बाली पकाउँला तरकारी खिर
सघाउँला हामी पनि छैन कुनै पिर।

बनाउने हाे कि आमा सेलरोटी पुरी
कति मिठाे हुन्थ्यो बाबा भएदेखि जेरी।

नाँचगान गर्नुपर्छ सबैजना मिली
हाँसीखुसी रमाउनु पर्छ दुःख भुली।

हुन्छ जाऊ नानी बाबु भन्नुहुँदा बाले
खुसी भई मैले पनि ताली पिट्न थालेँ।

जाने भए साथीभाइ सँगै मिली जाऊँ
सबै मिली हाँसी खेली पुसे खाजा खाऊँ।

सारथि बाल पत्रिका

Recent Posts

“स्नेहले हँसाउने बुबामुमा सुखी रहून्”

घनश्याम रेग्मी भोक शोक रोगका गरी निदान राम्ररी बालबालिका खुसी बनाउँदै सधैँभरि शैलझैँ खडा भई…

13 hours ago

“आउँछ खरर”

धनराज सिलवाल पढ्ने गर विद्यार्थी नानी हो शिक्षा हाम्रो जीवनको साथीहो रवि झलल, लेखेर पढ्ने…

14 hours ago

“म हुँ बाँदर”

युगल बसेल सन्धिखर्क, तुम्कोट वनघुमुवा जन्तु हुँ म, नाम मेरो बाँदर छैन बस्ने घर ठेगाना,…

14 hours ago

‘फलामे गेट’ मञ्चित, नाटककार भुसाल सम्मानित

काठमाडौँ । बूढानीलकण्ठ स्कुलमा सामाजिक यथार्थवादी तथा प्रयोगधर्मी नाटक ‘फलामे गेट’ मञ्चन गरिएको छ ।…

2 days ago

“म नेपाली छोरी”

रञ्जुश्री पराजुली चिन जान दाजै म नेपाली छोरी आफ्नो कामगर्छु सीप जोरीजोरी समयमा पुस्तक खोली…

2 days ago

“सानाे शब्द”

पुण्यप्रसाद घिमिरे बैत्यश्वर- ६,दाेलखा २०८३/४/२२ दुधका तुर्काे, तेलकाे थाेपाे, सुर्तीकाे खिली, केराकाे काेसाे। काँचै काेक्याउँछ,…

3 days ago