Categories: कविता

“पुस्तक घर”

रामप्रसाद पन्थी

रेसुङ्गा न पा २ गुल्मी

पुस्तक पढ्ने भएमा बानी मानव जनमा
कल्मष हटी ज्ञानकाे ज्याेति बल्दछ मनमा।
पुस्तक हाम्रो ज्ञानकाे स्राेत अथाह ज्ञान छ
प्रगति हुन्छ अवश्य पक्कै जसकाे ध्यान छ।


पुस्तक घर बलियाे पाराैँ मिलेर सबैले
समृद्ध पाराैं तन र मन दिएर धनैले।
हाेस्टेमा हैँसे मिलाऊ सब पुस्तक बढाऊँ
विद्याकाे दान पुस्तक भए निशुल्क चढाऊँ।
छाेरा र छाेरी पुस्तक घर पठाऊँ पढाऊँ
बालक सब पुस्तक पढ्ने उमङ्ग बढाऊँ।
फुर्सद भए पुस्तक घर गएर बसाैँ न
मनमा शान्ति आनन्द लिन कम्मर कसाैँ न।
गर्दैन काेही हिंसाकाे कार्य पुस्तक पढेमा
मर्दैन काेही पुस्तक साथ अगाडि बढेमा।
हुँदैन ज्ञान कहिल्यै बुढाे मर्दैन कहिल्यै
ज्ञानकाे धर्म ठूलाे छ मर्म बुझाैँ न अहिल्यै।
भाषा र धर्म संस्कृति बुझाैं संसार भरका
खाेजेर पढाैं अमर कृति पुस्तक घरका।
महत्व बुझाैँ मनमा गुनाैँ पुस्तक घरकाे
आर्जन गराैँ पुस्ताैँका लागि सम्पत्ति नरकाे।

सारथि बाल पत्रिका

Share
Published by
सारथि बाल पत्रिका

Recent Posts

बालबालिकाको गोपनीयता हक

प्रेमनारायण भुसाल प्रजातान्त्रिक मुलुकमा जवाफदेहिता र पारदर्शितालाई जति महत्त्वपूर्ण सूचक मानिन्छ। त्यति नै महत्त्वपूर्ण रूपमा…

1 hour ago

“बादल”

कृष्णशरण उपाध्याय पौडेल आकाश मा बादल छाउँदै छ गर्जेर चीसो जल ल्याउँदै छ बुटाबुटी साथ…

2 hours ago

परिस्थिति

सुमन कडरिया, चितवन “बाबा, मान्छे झुटो बोल्न किन डराउँदैनन् ?” गजल लेखिरहेका बाबालाई छोराको प्रश्नले…

2 hours ago

“स्नेहले हँसाउने बुबामुमा सुखी रहून्”

घनश्याम रेग्मी भोक शोक रोगका गरी निदान राम्ररी बालबालिका खुसी बनाउँदै सधैँभरि शैलझैँ खडा भई…

1 day ago

“आउँछ खरर”

धनराज सिलवाल पढ्ने गर विद्यार्थी नानी हो शिक्षा हाम्रो जीवनको साथीहो रवि झलल, लेखेर पढ्ने…

1 day ago

“म हुँ बाँदर”

युगल बसेल सन्धिखर्क, तुम्कोट वनघुमुवा जन्तु हुँ म, नाम मेरो बाँदर छैन बस्ने घर ठेगाना,…

1 day ago