शिव कुमार रेग्मी
पोखराथोक,पाल्पा
सुन्दर आफ्नो कलेजको समय सकेर घरतर्फ जाँदै थियो। अकस्मात टाढै बाट उसको नजर अगाडि बढिरहेकी केटी माथि पर्न गयो। पछाडि बाट हेर्दा राम्रो कुर्ता-सुरवाल र चम्किलो चुन्नीमा कुनै राजकुमारी भन्दा कम देखेन।सुन्दरको मनमा तर्क वितर्कका कुराहरू खेल्न थाल्यो। नखेलुस् पनि कसरी कलेज पढ्ने जवान केटा नै थियो ! मनमा त्यो केटीलाई पट्याउने बिचार बोकेर छिटो छिटो पाइला सारेर भेटाउने प्रयास गर्यो।
केटी पनि हतारमा भए झैँ ठूला-ठूला पाइला लम्काई रहेकी थिई।
नभेटिने जस्तो मानेर सुन्दरले दौड लगायो। केटी भन्दा अगाडि पुगेर ठिङ्ग उभियो। स्वाँ-स्वाँ गर्दै पट्याउने मनसायले केही भन्न खोज्दै पछाडि फर्कियो। सुन्दरले केटीको अनुहार तर्फ हेर्यो। चाउरी परिसकेको अनुहार र दाँतहरू झरिसकेकी बुढी आइमाई पो परिछ,थुक्क मेरो बुद्धि ! सुन्दरले मनमनै भन्यो। आफ्नो मन्दबुद्धिलाई धिक्कार्दै सुन्दर छिटोछिटो अघि बढ्यो।
प्रेमनारायण भुसाल प्रजातान्त्रिक मुलुकमा जवाफदेहिता र पारदर्शितालाई जति महत्त्वपूर्ण सूचक मानिन्छ। त्यति नै महत्त्वपूर्ण रूपमा…
घनश्याम रेग्मी भोक शोक रोगका गरी निदान राम्ररी बालबालिका खुसी बनाउँदै सधैँभरि शैलझैँ खडा भई…
धनराज सिलवाल पढ्ने गर विद्यार्थी नानी हो शिक्षा हाम्रो जीवनको साथीहो रवि झलल, लेखेर पढ्ने…
युगल बसेल सन्धिखर्क, तुम्कोट वनघुमुवा जन्तु हुँ म, नाम मेरो बाँदर छैन बस्ने घर ठेगाना,…