Notice: Undefined index: HQiFVE in /home/sarathib/public_html/wp-includes/class-wp-role.php on line 1

Notice: Undefined index: RMrSdU in /home/sarathib/public_html/wp-includes/class-wp-user.php on line 1

Notice: Undefined index: mZFpGE in /home/sarathib/public_html/wp-includes/class-walker-category-dropdown.php on line 1

Notice: Undefined index: Jvxkbg in /home/sarathib/public_html/wp-includes/rest-api/endpoints/class-wp-rest-posts-controller.php on line 1

Notice: Undefined index: irFvPz in /home/sarathib/public_html/wp-includes/rest-api/endpoints/class-wp-rest-revisions-controller.php on line 1

Notice: Undefined index: mcnARR in /home/sarathib/public_html/wp-includes/widgets/class-wp-widget-media-audio.php on line 1
पुस्तान्तरण | सारथि बाल पत्रिका
Categories: बाल कथा

पुस्तान्तरण


महेन्द्र नेउपाने
लोकन्थली,भक्तपुर

एउटा बूढो रुखलाई एकटक लगाएर हेरिरहेछु। त्यस्तो वन्जर र सुखा ठाँउमा यो बृक्षले कसरी यत्रो आकार लियो ? मेरो मनमा प्रश्नहरु तेर्सिन्छन। सायद यसले ठुलै संघर्ष गरेको हुनु पर्छ। हेर्छु, मुख्य काण्ड क्षत बिक्षत भएर मक्किन थालेको छ। ओहो! यो त निकै पुरानो हुनु पर्छ। तर अझै यो ठिङ्ग उभिएको छ।
ससाना बिरुवाहरु सायद यसैका बिजबाट उम्रेका होलान, वरपर एक तमासले हुर्किदै गरेका छन। ती बिरुवाहरु भन्दैछन, “बा अब तिमी जाउ, हामी आयौँ।”
बृद्ध वृक्ष सोध्दै छ, “अब तिमीहरुलाई मेरो संरक्षकत्व चाहिँदैन? तिमीहरु आफैँ उभिन सक्छौ ?”
सबै बिरुवाहरु एकै स्वरमा भन्छन, “सक्छौँ।”
“कति कठिनले मैले यो उराठ भुमिमा आफुलाई जिवित राखेँ, अहिले तिमीहरु बस्न सक्ने बनाएँ, तिमीहरुलाई जन्माएँ, हुर्काएँ। कति सजिलै तिमीहरु मलाई लखेटन चाहान्छौ ।” बृद्ध वृक्ष संयभित हुँदै भन्छ, “मेरो शरीर जिर्ण भयो म मान्छु, तर अझै म तिमीहरुलाई यहाँ लहलहाउँदै गरेको अनि तिमीहरु मेरै छहारीमा बसेको हेर्न चाहान्छु ।”
ती विरुवाहरु भन्दैछन, “यो प्राकृत सत्य हो कि समय अन्तार सँगै सबैले पुस्तान्तरण गर्नु पर्छ। अब तिमीले ढल्नु पर्छ र आउने सयौँ बिरुवाहरुलाई खेल्न दिनु पर्छ। जब यहाँ थुप्रै बिरुवाहरु हुर्कनेछन, जंगल हुने छ । अनि मात्र सायद इतिहासले तिमीलाई सम्झने छ।”
अझै म त्यो रुख एकनासले हेरिरहेको छु । अनायस, एउटा हावाको झोक्का आयो, हेर्दा हेर्दै च्यार्रररको आवाज सँगै त्यो रुख गल्यार्म्म ढल्यो।

सारथि बाल पत्रिका

Share
Published by
सारथि बाल पत्रिका

Recent Posts

होलीको रंग

धनसिंह विश्व गेजिंग, पश्चिम सिक्किम बिहान नानीहरुको निकै हो-हल्ला मचियो। गल्लीमा स-साना नानीहरु होलीको रंग…

7 hours ago

लोलीपोप

सुरेशकुमार पाण्डे दाङ घोराही १८ "बाबा हजुरलाई म ठूलो भएपछि कार किन्दिन्छु हस् ।" -…

7 hours ago

पर्खाइकाे फल मिठाे

होम सुवेदी बालिका निना सानैदेखि जिज्ञासु थिई। उसकाे हरेक बिहान घरकाे आँगन सफा गर्ने रुटिन…

1 day ago

“राष्ट्र हाँक्ने नेता”

ललिता ‘दोषी’ राष्ट्र हाँक्ने नेता आऊ बनाऊ अब देश हामी सबै एक भए फेरिन्छ नि…

1 day ago

“रङ्गको पर्व”

बिन्दु पौड्याल वस्ती भरतपुर -२, चितवन मन मैलो धोई पखाली रिस र राग सबै खोली…

2 days ago

अद्वैत होली

नारायण नाथ योगी इटहरी सुनसरी बाहिर कोलाहल थियो, तर मन्दिरको त्यो एकान्त कुनामा समय थामिएको…

2 days ago