गीता तिवारी
पोखरा
“ए बाबू लौन मेरो छोरालाई फुन लगाइदिनु” क्याम्पस गेटको छेउमा उभिएकि महिलाले भित्रबाट आउँदै गरेको एकजना युवकसँग आफ्नो मोबाइल तेर्साउँदै भनिन। “के नाम हो आमा तपाईँको छोराको” युवकले सोध्यो। “किस्ने हो बाबू , मुबाइलमा उसैले लेखिदिएको छ।” युवकले नाम सर्च गर्यो र कृष्णराजको नाममा फोन लगाइदियो। “बाबू , म यहाँ क्यामसको गेटमा आएकी छु, ल यहाँ आइहाल त। धेरैबेर कुर्दा मलाई फेरि बेर हुन्छ।” आमाले आत्तिदै भनिन।
“त्यतै बस्दै गर्नु म एकै छिनमा आउछु।” छोराले भन्यो।
“कोठामै आएको भए हुन्थ्यो नि आमा यस्तो बाटोमा पनि” आमाले गाउँबाट ल्याएको कोसेली भएको प्लास्टिकको पोका झिकेर उसको हातमा दिनलाग्दा कृष्णले भन्यो।
“मलाई अस्पताल जान ढिलो हुन्छ बाबू। अहिले यतै कुनै दोकानाँ राख् अनि छुट्टी भएसी लिएर जा” आमाले उपाए बताइन्।” अँ हँ हुँदैन आमा, यस्तो मैलो झोला बोकेर हिड्दा मलाई साथीहरूले गिज्याउछन, लाज हुन्छ। यो झोला त मैले अहिले लिन्न भन्दै उसले आमालाई त्यो झोला घरै फिर्ता लैजान भन्यो।
बरु आफू यसपालि अलि छिट्टै आउने कुरा गर्यो । मोही र मकै खान पनि मन लागेको कुरा पनि आमालाई सुनायो।
“के को लाज , खुरुक्क राख्। पैसा छ कि छैन? ला! अहिले यति छ मैलो थैलीबाट केही पैसा झिकेर दिइन।
कृष्णले बेलुका कोठामा गएपछि आमाले ल्याइदिएको त्यही मैलो पोको खोल्यो र पोकोबाट घरमा बनाएको घ्यु र अलिकती मस्यौरा निकाल्यो अनि भुर्लुक्क उमाल्यो। कोठा बाहिर सम्म आमाको माया र मस्यौराको बासना एकैचोटि फैलियो।
प्रेमनारायण भुसाल प्रजातान्त्रिक मुलुकमा जवाफदेहिता र पारदर्शितालाई जति महत्त्वपूर्ण सूचक मानिन्छ। त्यति नै महत्त्वपूर्ण रूपमा…
घनश्याम रेग्मी भोक शोक रोगका गरी निदान राम्ररी बालबालिका खुसी बनाउँदै सधैँभरि शैलझैँ खडा भई…
धनराज सिलवाल पढ्ने गर विद्यार्थी नानी हो शिक्षा हाम्रो जीवनको साथीहो रवि झलल, लेखेर पढ्ने…
युगल बसेल सन्धिखर्क, तुम्कोट वनघुमुवा जन्तु हुँ म, नाम मेरो बाँदर छैन बस्ने घर ठेगाना,…