हरि कोरकाली
आज मेरो जून हरायो
कतागयो कता
खोज्दा खोज्दै थाकिसकेँ
लागेन क्यै पत्ता ।
दिनदिनै झन्झन् दुब्लो
दुब्लो हुँदै थियो
थलैपरेछ कि के हो
बेपत्तै पो भयो ।
खोज्न जाउँ भने पनि
निस्पट्टै छ जताततै
यस्तो गाढा अँध्यारोमा
नसकिने जानकतै ।
त्यता छ कि भनी सोधेँ
फोन गरेर साथीलाई
यतापनि छैन भन्छन्
सबै मेरा साथीभाइ ।
उसलाई देख्न नपाउँदा
मनपनि छैन चङ्गा
ऊहुँदा त बग्थ्यो मनमा
आनन्दको न्यानो गङ्गा ।
फूलपनि रमाउँथे
आकाशमा ऊ भैदिँदा
जडीबुटी फस्टाउँथे
उसले आई छोइदिँदा ।
अचानकै आजकिन
विर्षिदियो सबैलाई
भुलहो भने सच्याउँला
भोलि आफैँ फर्की आई ।
पुण्यप्रसाद घिमिरे बैत्यश्वर- ६,दाेलखा २०८३/४/२२ दुधका तुर्काे, तेलकाे थाेपाे, सुर्तीकाे खिली, केराकाे काेसाे। काँचै काेक्याउँछ,…
धनराज सिलव हिमाली काखमा बसी विद्यार्थी आगाडि लम्कन्छौँ यो देशको मायालाई बोकी तारा झैँ सदा…
रोजिना घिमिरे अन्धकारको यो अनन्त सुरुङभित्र उभिएर म आफ्नै अस्तित्वको ढकढक्याहट सुनिरहेको छु। गुरु, तपाईँले…