हरि कोरकाली
आज मेरो जून हरायो
कतागयो कता
खोज्दा खोज्दै थाकिसकेँ
लागेन क्यै पत्ता ।
दिनदिनै झन्झन् दुब्लो
दुब्लो हुँदै थियो
थलैपरेछ कि के हो
बेपत्तै पो भयो ।
खोज्न जाउँ भने पनि
निस्पट्टै छ जताततै
यस्तो गाढा अँध्यारोमा
नसकिने जानकतै ।
त्यता छ कि भनी सोधेँ
फोन गरेर साथीलाई
यतापनि छैन भन्छन्
सबै मेरा साथीभाइ ।
उसलाई देख्न नपाउँदा
मनपनि छैन चङ्गा
ऊहुँदा त बग्थ्यो मनमा
आनन्दको न्यानो गङ्गा ।
फूलपनि रमाउँथे
आकाशमा ऊ भैदिँदा
जडीबुटी फस्टाउँथे
उसले आई छोइदिँदा ।
अचानकै आजकिन
विर्षिदियो सबैलाई
भुलहो भने सच्याउँला
भोलि आफैँ फर्की आई ।
सुमन कडरिया चितवन विद्यालयको ७५ औँ हीरक जयन्ती भव्य रूपमा मनाइँदै थियो। समारोहकै बीच पूर्वविद्यार्थी…
समर भण्डारी गोलबजार३,जम्दह तीन दिनदेखि अविरल पानी परिरहेको थियो। खोला उर्लियो, घर–आँगन डुबायो। रातभरि गाउँमा…
इन्दु उपाध्याय विश्वनाथ, असम परीक्षा नजिकिँदै थियो। कक्षा आठमा पढ्ने आर्यनको घरमा आमाको चिन्ता दिनदिनै…