“प्यारो मोवाईल”


हरि आत्रेय,
सानोठिमी भक्तपुर

घन्टि बज्यो टिरिङ् टिरिङ्
मोवाईलमा धेरै
उतैबाट भन्नुभयो
आराम छौ नि सबै
मैले आवाज चिनिहालेँ
मामा बोल्नुभयो
के छ भान्जा हालखबर
भनि सोध्नुभयो
मामाघरका सबैलाई
मैले दर्शन गर्याँ
शुभशुभ आशीर्वाद
सबैबाट पाएँ
हजुर बाबा आमापनि
के के सोध्नुहुन्छ
फोन लिई आमाले नै
जवाफ दिनुहुन्छ
बाले पनि सोध्नुभयो
धेरैधेरै कुरा
मोवाईलले पुर्याउँछ
हाम्रा खबर पुरा
दाइ,दिदी खुसीहुँदै
बात गर्नुभयो
बिदा हुँदा मामाघर
आउ भन्नुभयो
माईजुले नि फोनैबाट
माया गर्नुभयो
घरैबसी मामाघर
गएजस्तो भयो।