किशन पौडेल
हेटौंडा
ऊ सहरको व्यस्त मेट्रो स्टेसनको कुनामा उभिएर भिडको रमिता हेर्दै थियो ।
त्यहाँ विभिन्न देशका नागरिकहरूको आवतजावत बाक्लो देखिन्थ्यो। सबैको बाहिरी आवारण उस्तै- उस्तै लाग्दथ्यो । कुन देशका नागरिकहरु हुन् भन्ने सहजै ठम्याउन त्यति सहज थिएन ।
परदेशको बिरानो ठाउँ उसलाई एक्लोपनाको महशुस भैरहेको थियो । उसका आँखाहरूले त्यहाँ कसैलाई खोजिरहेका थिए । भिडमा धेरै मान्छेहरु आए गए, हराए । कसैलाई कसैको वास्ता थिएन । न कसैले केही सोधे न कोही बोले । को आयो को गयो कसैलाई मतलब थिएन । ऊ निराश हुँदै थियो ।
उसले आफ्नो ब्यागभित्रबाट एउटा नेपाली टोपी निकाल्यो र आफ्नो शिरमा लगायो । गर्वले उसको शिर उच्च देखियो । भीडहरुमा अब उसको पहिचान अलग्गै देखिन थाल्यो ।
केही समयको अन्तरालमा उसको सामुन्ने दुई भद्र पुरुषहरु टुप्लुक्क देखा परे र अभिवादन गर्दै भने – ओहो ! नेपाली भाइ हुनुहुँदोरहेछ “कहिले आउनु भो, नेपालबाट ?”
बलराम दंगाल रत्ननगर, चितवन हाल–अष्ट्रेलिया साँझ पर्न लागेको थियो। असफलताले थाकेको युवक पीपलको रूखमुनि बसेका…
आत्माराम न्यौपाने तिम्रा साना कर-कलमले लेख्छ नौलो भविष्य तिम्रा साना मृदु नयनले देख्छ सम्पूर्ण विश्व…
सुमन कडरिया चितवन विद्यालयको ७५ औँ हीरक जयन्ती भव्य रूपमा मनाइँदै थियो। समारोहकै बीच पूर्वविद्यार्थी…
समर भण्डारी गोलबजार३,जम्दह तीन दिनदेखि अविरल पानी परिरहेको थियो। खोला उर्लियो, घर–आँगन डुबायो। रातभरि गाउँमा…