Categories: बाल कथा

“प्रकृति !”


कल्पना भण्डारी

कार्यलयभर एउटै चर्चा थियो— उखरमाउलो गर्मी। सबैजना दिक्क थिए। कसैले चिसो पानी पिइरहेका थिए, कसैले पङ्खा र एसीको गति बढाइरहेका थिए। रेडियो, टेलिभिजनबाट पनि भैरहवा, दिपायलका समाचार सुनिरहेका थिए। हाते पंखा हम्कदै दिउँसो यात्रा गर्नेहरु पनि थुप्रै देखिन्थे । जमीन हप्प तातेको थियो।
अपरान्ह पछि मौसम अचानक फेरियो। पूर्वी आकाश कालो बादल देखियो र क्रमशः बादलले जताततै ढाक्यो। आकाशमा आवाज सुनिन थाल्यो। केही क्षणमै मुसलधारे वर्षा सुरु भयो। सडकहरू पानीले भरिए। धेरै कर्मचारी अफिसमै रोकिए। त्यही बेला अफिसमै रोकिएकी जोया म्यामको मोबाइल बज्यो।
उताबाट आत्तिएको आवाज आयो— “छिट्टै आउनुस् ! घरभित्र वर्षाले बर्वाद गर्न लागिसक्यो !”
पानी केही कम भएपछि उनी हतारिँदै घर पुगिन्। स्याँस्याँ गर्दै उनले घरको कोठा कोठामा निरीक्षण गरिन् । ढलको पानी भित्र पसेर कोठाहरू जलमग्न भएका रहेछन्। फर्निचर, लत्ताकपडा, कागजात केही बाँकी थिएनन्।
त्यतिखेरै फेरि मोबाइलमा घण्टी बज्यो । उनले अफिसकै सहपाठी रस्मीको फोन उठाइन्।
“हेर न ! मेरो त घरका कुनै पनि सामान बाँकी रहेनन् ।”
रस्मीले भनिन् ” अनि दिउँसो यस्तो उखरमाउलो गर्मी भन्दा भल बग्ने पानी नै ठिक भन्नु ‘भा होइन ! ‘जोया म्यामको फोन एक्कासी काटियो।

सारथि बाल पत्रिका

Share
Published by
सारथि बाल पत्रिका

Recent Posts

प्रयास

सुमन कडरिया चितवन सागिर्द आँगनमा खेलिरहेको थियो। खेल्दाखेल्दै उसको नजर एउटा सानो कमिलामाथि पर्यो। कमिलाले…

17 hours ago

“बालापनको रक्षा”

घनश्याम रेग्मी होस् बालापनको रक्षा भविष्य हुन्छ रक्षित नारा हो पर्वको खास बालिकावर्ग लक्षित।। कोपिला…

17 hours ago

“शरद ऋतुको आगमन”

मधुसुदन पर्साद घिमिरे शरद् आयाे ताली ठाेकी रमाइ दशैँ तिहार खर्च के छ कमाइ कन्या…

3 days ago

“लाेक बाजा बिनायाे”

इन्दिरा प्रयास विविध विविधता नै मैलियाे आजभोलि किन किन युवतीले बिर्सिए मिष्ठबाेली विकृति पनि बढेरै…

3 days ago

पसिनाको मुल्य

शरद गौतम घोराही १५ हरि, मोहन केशव तथा अरु हरु एकै गाउमा बस्छ्न। गाउँ पनि…

3 days ago

बालबालिका सम्बन्धी ऐन संशोधन विधेयक : डिजिटल हिंसादेखि बाल न्यायसम्म नयाँ व्यवस्था प्रस्ता

काठमाडौं । सरकारले बालबालिकाको सर्वोत्तम हित, अधिकारको संरक्षण र बालमैत्री न्याय प्रणालीलाई थप सुदृढ बनाउने…

4 days ago