कल्पना भण्डारी
कार्यलयभर एउटै चर्चा थियो— उखरमाउलो गर्मी। सबैजना दिक्क थिए। कसैले चिसो पानी पिइरहेका थिए, कसैले पङ्खा र एसीको गति बढाइरहेका थिए। रेडियो, टेलिभिजनबाट पनि भैरहवा, दिपायलका समाचार सुनिरहेका थिए। हाते पंखा हम्कदै दिउँसो यात्रा गर्नेहरु पनि थुप्रै देखिन्थे । जमीन हप्प तातेको थियो।
अपरान्ह पछि मौसम अचानक फेरियो। पूर्वी आकाश कालो बादल देखियो र क्रमशः बादलले जताततै ढाक्यो। आकाशमा आवाज सुनिन थाल्यो। केही क्षणमै मुसलधारे वर्षा सुरु भयो। सडकहरू पानीले भरिए। धेरै कर्मचारी अफिसमै रोकिए। त्यही बेला अफिसमै रोकिएकी जोया म्यामको मोबाइल बज्यो।
उताबाट आत्तिएको आवाज आयो— “छिट्टै आउनुस् ! घरभित्र वर्षाले बर्वाद गर्न लागिसक्यो !”
पानी केही कम भएपछि उनी हतारिँदै घर पुगिन्। स्याँस्याँ गर्दै उनले घरको कोठा कोठामा निरीक्षण गरिन् । ढलको पानी भित्र पसेर कोठाहरू जलमग्न भएका रहेछन्। फर्निचर, लत्ताकपडा, कागजात केही बाँकी थिएनन्।
त्यतिखेरै फेरि मोबाइलमा घण्टी बज्यो । उनले अफिसकै सहपाठी रस्मीको फोन उठाइन्।
“हेर न ! मेरो त घरका कुनै पनि सामान बाँकी रहेनन् ।”
रस्मीले भनिन् ” अनि दिउँसो यस्तो उखरमाउलो गर्मी भन्दा भल बग्ने पानी नै ठिक भन्नु ‘भा होइन ! ‘जोया म्यामको फोन एक्कासी काटियो।
प्रह्लाद दवाडी लिङमो पेपथाङ्,दक्षिण सिक्किम "आज तिमीहरू मिठो मिठो खाउ ल, म पनि खुवाउँछु" सानीले…
शोभा कोइराला नारी यस्ता निडर बनियून् शङ्ख उद्घोष गर्ने योद्धा बन्दै हरबखत नै सत्यको खोज…
कल्पना मरासिनी भूमिकास्थान,अर्घाखाँची हाल:ललितपुर "ए उठ ! उज्यालो हुनै लाग्यो, रातभरिको हावाले आँप भुइँभरि झरेका…