बिन्दु पौड्याल वस्ती
भरतपुर -२, चितवन
“आमा ! तिमी किन रोएकी ?”
बालक मस्त निन्द्रामा थियो। बिहानीपख उसले एउटा सपना देख्यो। गाउँको सिरानमा एउटा ठूलो पिपलको रुख थियो । गाउँलेहरू विकासको नयाँ यज्ञ लगाउनमा व्यस्त थिए। आमा भने आफ्नै अश्रुले नुहाउँदै थिइन्। उनका काखमा रहेका वनका हरिया बिरुवाहरू चारैतिरबाट डोजर र आरीको चक्रव्यूहमा घेरिँदै थिए। जताततै रणभूमिमा योद्धाका लास थुप्रिए झैँ काटिएका रुखबिरुवाहरू थुपारिएका थिए । त्यति मात्र कहाँ हो र ? वनपाखामा रमाउँदै आएका पन्छीहरू विस्थापित पाण्डवहरू झै आश्रयको खोजीमा यताउता भौतारिँदै थिए। धुलो र धुवाँको मुस्लोले परेड खेल्दै थियो।
आमा सन्ततिको भविष्य कल्पिँदै शोकमा डुबेकी थिइन् । आफ्नो उजाडिदो स्वरूप देखेर रुँदै पनि थिइन्। यता मनुष्यहरू आफूलाई विजयी अर्जुनमा रूपायित गर्दै धनुष ताक्दै थिए तर त्यो त उनीहरूकै पो हो नि त। त्यो बिना कोही पनि विजयी हुन सक्दैन। धरामा मुस्कान ल्याउन विकासको योजनाले बिरुवा रोप्नुपर्छ।
बालक झल्यास्स बिउँझियो। आँखा मिच्दै यताउता हेर्यो । उसलाई थाहा भयो कि अर्जुनको विजयमा कृष्णको हात रहेजस्तै धराको विह्वल हटाउन प्रकृति पो आवश्यक पर्ने रहेछ त ।
घनश्याम रेग्मी होस् बालापनको रक्षा भविष्य हुन्छ रक्षित नारा हो पर्वको खास बालिकावर्ग लक्षित।। कोपिला…
मधुसुदन पर्साद घिमिरे शरद् आयाे ताली ठाेकी रमाइ दशैँ तिहार खर्च के छ कमाइ कन्या…
इन्दिरा प्रयास विविध विविधता नै मैलियाे आजभोलि किन किन युवतीले बिर्सिए मिष्ठबाेली विकृति पनि बढेरै…
काठमाडौं । सरकारले बालबालिकाको सर्वोत्तम हित, अधिकारको संरक्षण र बालमैत्री न्याय प्रणालीलाई थप सुदृढ बनाउने…