Categories: बाल कथा

विह्वल


बिन्दु पौड्याल वस्ती
भरतपुर -२, चितवन

“आमा ! तिमी किन रोएकी ?”
बालक मस्त निन्द्रामा थियो। बिहानीपख उसले एउटा सपना देख्यो। गाउँको सिरानमा एउटा ठूलो पिपलको रुख थियो । गाउँलेहरू विकासको नयाँ यज्ञ लगाउनमा व्यस्त थिए। आमा भने आफ्नै अश्रुले नुहाउँदै थिइन्। उनका काखमा रहेका वनका हरिया बिरुवाहरू चारैतिरबाट डोजर र आरीको चक्रव्यूहमा घेरिँदै थिए। जताततै रणभूमिमा योद्धाका लास थुप्रिए झैँ काटिएका रुखबिरुवाहरू थुपारिएका थिए । त्यति मात्र कहाँ हो र ? वनपाखामा रमाउँदै आएका पन्छीहरू विस्थापित पाण्डवहरू झै आश्रयको खोजीमा यताउता भौतारिँदै थिए। धुलो र धुवाँको मुस्लोले परेड खेल्दै थियो।
आमा सन्ततिको भविष्य कल्पिँदै शोकमा डुबेकी थिइन् । आफ्नो उजाडिदो स्वरूप देखेर रुँदै पनि थिइन्। यता मनुष्यहरू आफूलाई विजयी अर्जुनमा रूपायित गर्दै धनुष ताक्दै थिए तर त्यो त उनीहरूकै पो हो नि त। त्यो बिना कोही पनि विजयी हुन सक्दैन। धरामा मुस्कान ल्याउन विकासको योजनाले बिरुवा रोप्नुपर्छ।
बालक झल्यास्स बिउँझियो। आँखा मिच्दै यताउता हेर्यो । उसलाई थाहा भयो कि अर्जुनको विजयमा कृष्णको हात रहेजस्तै धराको विह्वल हटाउन प्रकृति पो आवश्यक पर्ने रहेछ त ।

सारथि बाल पत्रिका

Share
Published by
सारथि बाल पत्रिका

Recent Posts

“अन्धकारबाट प्रविधिको उज्यालोतिर”

रोजिना घिमिरे (स्थान: घरको एउटा कुना, जहाँ मधुरो बत्ती बलेको छ। हातमा एउटा पुरानो चश्मा…

17 hours ago

“प्रकृति !”

कल्पना भण्डारी कार्यलयभर एउटै चर्चा थियो— उखरमाउलो गर्मी। सबैजना दिक्क थिए। कसैले चिसो पानी पिइरहेका…

17 hours ago

‘बाबाको झोला’

श्रीधर भण्डारी स्कुलबाट आउँदा हेर्छन् सधैँ झोला। बाबा आज के के खाने कुरा होला ?…

18 hours ago

“लापरबाही”

चेतनाथ दाहाल "यो के हो ममी ?" ज्वरो आएर सुतेको आफ्नो लोग्नेलाई औषधि ख्वाउँदै गरेकी…

18 hours ago

“नियति”

रबिता महर्जन खोकना, ललितपुर व्यायाम भन्दै धेरै पटक एउटै बाटो ओहोर दोहोर गरिसकेपछि मात्रै दुर्योधनको…

2 days ago

विश्वास

टीकाराम जोशी इमाडोल "मेरो छोरा बाह्र वर्षमा टेक्यो। अहिलेसम्म हिसाब गर्न जानेको छैन। यी भुराहरूलाई…

2 days ago