Categories: कविता

“प्रकृति”

शुक्रराज कुँवर
धरान १०

आहा ,हिमालका टाकुरीमा
सूर्यका किरण छरिए
साँझ पखको बेला
लाली रङले भरिए
लट्ठ परी हेरी रहेँ म त भएर एकतमास
हेर्दा हेर्दै उडन थाल्यो लाली रङ
छाडेर गयो मनमा सुन्दर आभास
सूर्य अस्ताए छन् पश्चिममा
चन्द्र उदाए पूर्व
चाँदी जस्तै टल्कियो हिमाल
जब पर्यो चन्द्र प्रकाश
यो के भयो रनभुल्ल भएँ म त
हेर्दा हेर्दैको लाली रङ
खै कता विलायो
अघिसम्म थियो तातो
चिसो कसरी पलायो ?
केही छिन अघि
हिमालको अर्कै रुप हेरियो
रात परे पछि
रुप कसरी फेरियो ?
छेउमा हुनुहुन्थ्यो बाबा
दिनुभयो मलाई ज्ञान
पकृति हो नियममा चल्छ
तिमी यो मान
चोला फेर्छिन प्रकृति
समय अन्सार
यसरी नै चल्छ
विचित्र संसार ।

सारथि बाल पत्रिका

Recent Posts

“स्नेहले हँसाउने बुबामुमा सुखी रहून्”

घनश्याम रेग्मी भोक शोक रोगका गरी निदान राम्ररी बालबालिका खुसी बनाउँदै सधैँभरि शैलझैँ खडा भई…

7 hours ago

“आउँछ खरर”

धनराज सिलवाल पढ्ने गर विद्यार्थी नानी हो शिक्षा हाम्रो जीवनको साथीहो रवि झलल, लेखेर पढ्ने…

7 hours ago

“म हुँ बाँदर”

युगल बसेल सन्धिखर्क, तुम्कोट वनघुमुवा जन्तु हुँ म, नाम मेरो बाँदर छैन बस्ने घर ठेगाना,…

8 hours ago

‘फलामे गेट’ मञ्चित, नाटककार भुसाल सम्मानित

काठमाडौँ । बूढानीलकण्ठ स्कुलमा सामाजिक यथार्थवादी तथा प्रयोगधर्मी नाटक ‘फलामे गेट’ मञ्चन गरिएको छ ।…

1 day ago

“म नेपाली छोरी”

रञ्जुश्री पराजुली चिन जान दाजै म नेपाली छोरी आफ्नो कामगर्छु सीप जोरीजोरी समयमा पुस्तक खोली…

1 day ago

“सानाे शब्द”

पुण्यप्रसाद घिमिरे बैत्यश्वर- ६,दाेलखा २०८३/४/२२ दुधका तुर्काे, तेलकाे थाेपाे, सुर्तीकाे खिली, केराकाे काेसाे। काँचै काेक्याउँछ,…

2 days ago