Categories: कविता

“शीत लहर”


रामप्रसाद पन्थी
रेसुङ्गा न पा २ गुल्मी

आमासित तराईमा झर्दा चिसाे लाग्याे
देखिएन घाम कतै कुन्नि कता भाग्याे ?

उता भने पहाडमा शीत पर्थ्याे राति
यता भने तराईमा दिउँसैमा साथी।

शीत पर्दाे रैछ यहाँ पानी परे सरी
तुवाँलोले ढाक्दाे रैछ जताततै घेरी।

छाता लिई हिड्नु पर्ने देखेँ यात्रा गर्दा
कम्बल् ओढी हिड्ने देखेँ निकै चिसाे बढ्दा।

लुगा धाेए सुक्ने कैले लगाउनु कैले
नुहाउने कुरा पनि बिर्सिसकेँ मैले।

गतवर्ष गर्मी खाएँ ऐले शीत लहर
धेरै दिन बस्नु हुन्न मैले गरें ठहर।

थुरूथुरू भएँ म त चिसाे लाग्याे अति
आमासित साेधेँ बस्ने हाे नि कति ?

घरै बस बाबू भन्दा पछि लागी आयाे
हेर छाेरी ! याे छाेराले मेराे हाेसै खायाे।

भन्नुभयाे भिनाजुले भयाे पन्ध्र दिन
घाम झुल्काे देख्या छैन मैले एकै छिन।

आगाे छेऊ बस कि त बिस्तारामा पस
दिदीले नि भन्नुभयाे केही दिन बस।

भन्नुहुन्छ दिदी बस भिनाजुले बस
मैले भन्छु आमासित खाेजी हिडाैँ बस ।

बस्नु हुन्न यस्ताे ठाउँ जाऊँ आमा जाऊँ
अन्त भन्दा राम्रो लाग्याे हाम्रै आफ्नाे गाऊँ।

सारथि बाल पत्रिका

Recent Posts

“स्नेहले हँसाउने बुबामुमा सुखी रहून्”

घनश्याम रेग्मी भोक शोक रोगका गरी निदान राम्ररी बालबालिका खुसी बनाउँदै सधैँभरि शैलझैँ खडा भई…

6 hours ago

“आउँछ खरर”

धनराज सिलवाल पढ्ने गर विद्यार्थी नानी हो शिक्षा हाम्रो जीवनको साथीहो रवि झलल, लेखेर पढ्ने…

6 hours ago

“म हुँ बाँदर”

युगल बसेल सन्धिखर्क, तुम्कोट वनघुमुवा जन्तु हुँ म, नाम मेरो बाँदर छैन बस्ने घर ठेगाना,…

7 hours ago

‘फलामे गेट’ मञ्चित, नाटककार भुसाल सम्मानित

काठमाडौँ । बूढानीलकण्ठ स्कुलमा सामाजिक यथार्थवादी तथा प्रयोगधर्मी नाटक ‘फलामे गेट’ मञ्चन गरिएको छ ।…

1 day ago

“म नेपाली छोरी”

रञ्जुश्री पराजुली चिन जान दाजै म नेपाली छोरी आफ्नो कामगर्छु सीप जोरीजोरी समयमा पुस्तक खोली…

1 day ago

“सानाे शब्द”

पुण्यप्रसाद घिमिरे बैत्यश्वर- ६,दाेलखा २०८३/४/२२ दुधका तुर्काे, तेलकाे थाेपाे, सुर्तीकाे खिली, केराकाे काेसाे। काँचै काेक्याउँछ,…

2 days ago