Categories: बाल कथा

प्रतिभा


तुलसी पण्डित

उनी एक बिहानै रामजनमलाई भेट्न घरबाट हिडिन् । दिउसोको तीनबजे तिर उनी साहित्यकारको घर पुगिन् । साहित्यकार घरै रहेछन् ।
“होइन हजुर को हुनुहुन्छ । मैले चिन्न सकिन नि ?”
” म हजुरको लेखको नियमित श्रोता हुँ । हजुरका लेख मलाई निकै मन पर्छ । त्यै भएर भेट्न आएकी हुँ ।”
“हजुरले खुशीको खवर सुनाउनु भो । म प्रफुल्ल भएँ । यसले अरु थप लेख्ने उर्जा प्राप्त भयो ।”
“अनि हजुर यति राम्रा साहित्य कसरी लेख्नु हुन्छ ?”
” हेर यसमा धेरै कितावहरु पढ्नु पर्छ । नाम चलेका देखि नाम न चलेका व्यक्तिलाई पनि समेत्न सक्नु पर्छ । अनि साहित्य खारिएर आउँछ । साहित्यमा विम्व प्रयोग हुनुपर्छ । सिधा रुपमा लेखिएको साहित्य साहित्य होइन ।”
“अनि किताब पढ्न र लेख्न समय कसरी दिनुहुन्छ ? ” हेर्नुहोस्
“साहित्य लेखनमा मन र त्याग हुनुपर्छ । समयको कुनै अभाव हुँदैन ।”
” आफ्ना श्रोताहरुलाई के भन्न चाहनु हुन्छ ?”
“सबै व्यक्तिहरुमा अप्रत्यक्ष रुपमा प्रतिभा लुकेको हुन्छ । म सँग केही छैन भनेर मन र मस्तिष्कलाई खुम्च्याएर न बसौँ ।”

सारथि बाल पत्रिका

Share
Published by
सारथि बाल पत्रिका

Recent Posts

रक्तदान

राजु क्षत्री अपुरो जङ्गलमा पशुपंक्षीहरूको आफ्नै दुनियाँ थियो। उनीहरूले पनि आ आफ्नो सङ्गठन बनाएका थिए।…

2 hours ago

प्रविधि

फिराक गोर्खाली असम "तिमीहरूलाई अचेल मात्र फोन, फोन। दिनभरि हेरेर पुगेन, अब सुत्ने बेलामा पनि…

3 hours ago

बालबालिकाको गोपनीयता हक

प्रेमनारायण भुसाल प्रजातान्त्रिक मुलुकमा जवाफदेहिता र पारदर्शितालाई जति महत्त्वपूर्ण सूचक मानिन्छ। त्यति नै महत्त्वपूर्ण रूपमा…

1 day ago

“बादल”

कृष्णशरण उपाध्याय पौडेल आकाश मा बादल छाउँदै छ गर्जेर चीसो जल ल्याउँदै छ बुटाबुटी साथ…

1 day ago

परिस्थिति

सुमन कडरिया, चितवन “बाबा, मान्छे झुटो बोल्न किन डराउँदैनन् ?” गजल लेखिरहेका बाबालाई छोराको प्रश्नले…

1 day ago

“स्नेहले हँसाउने बुबामुमा सुखी रहून्”

घनश्याम रेग्मी भोक शोक रोगका गरी निदान राम्ररी बालबालिका खुसी बनाउँदै सधैँभरि शैलझैँ खडा भई…

2 days ago