सरिता पराजुली
चन्द्रागिरि १५,काठमाडाैं
पंक्षी उडे भुरूरूरू
पखेटाकै भर
कहाँ हाेला उनीहरूकाे
बस्ने आफ्नै घर।
कति छिटा छरिता छन्
देख्दा उनीहरू
मिठा मिठा फल खान
उड्छन् भुरूरूरू।
विश्व लाग्छ सबै उनकाे
हाे नि आफ्नै घर
परिश्रम गरी बाँच्छन्
नपरेर भर ।
मानिसले सिक्नु पर्ने
छन् है धेरै कुरा
मेहनतले मात्रै हुन्छन्
इच्छा हाम्रा पूरा।
वन जङ्गल हरियाली
उनकाे राजधानी
संगी साथी कुरा गर्दै
भन्छन् कता जानी?
याैटा भन्छ हिमाल जाऔँ
अर्काे भन्छ तराई
स्वतन्त्र छन् उनीहरू
न छन् काेही पराई ।
Group A Pts मेक्सिको 3 दक्षिण कोरिया 3 चेक रिपब्लिक 1 दक्षिण अफ्रिका 1 Group…
लालबहादुर भुजेल लमजुङ हली दाइले हिलाे साउँदा टण्टलापुर घाम, झमझम पानी पर्ने असार मासकाे याम।…
युगल बसेल सन्धिखर्क तुम्कोट टुकुर टुकुर टुकुर टुकुर मेरो आँगनैमा हिँड्छन् बाबु मिठो हाँसो सँगाली…
रञ्जुश्री पराजुली अमेरिका पार्क घुम्न जाँन रमाइलो लाग्छ एक्लै हैन घुम्न जाने साथी सङ्ग…