सरिता पराजुली
चन्द्रागिरि १५,काठमाडाैं
पंक्षी उडे भुरूरूरू
पखेटाकै भर
कहाँ हाेला उनीहरूकाे
बस्ने आफ्नै घर।
कति छिटा छरिता छन्
देख्दा उनीहरू
मिठा मिठा फल खान
उड्छन् भुरूरूरू।
विश्व लाग्छ सबै उनकाे
हाे नि आफ्नै घर
परिश्रम गरी बाँच्छन्
नपरेर भर ।
मानिसले सिक्नु पर्ने
छन् है धेरै कुरा
मेहनतले मात्रै हुन्छन्
इच्छा हाम्रा पूरा।
वन जङ्गल हरियाली
उनकाे राजधानी
संगी साथी कुरा गर्दै
भन्छन् कता जानी?
याैटा भन्छ हिमाल जाऔँ
अर्काे भन्छ तराई
स्वतन्त्र छन् उनीहरू
न छन् काेही पराई ।
घनश्याम रेग्मी "कहिल्यै बिरामी पर्नु भएको छ ?" कसैले प्रश्न गर्यो भने म लगायत…
शम्भु ढकाल सूर्याेदय न पा १२ आठघरे,इलाम "के गर्दै हुनुहुन्छ आमा ?" साँझपख छाेरीले फाेनमा…
शोभा कोइराला वसन्तकी सुन्दर पुष्प नारी लज्जा भएकी पनि दिव्य नारी नारी बिनाको घर नै…
सुरेशकुमार पाण्डे दाङ घोराही १८ "ओहो बालकले के काम गर्छ ?"- डाक्टर पुनितले रामेको हात…
गणेश आत्रेय मदनपोखरा,पाल्पा हाम्रो नाति छ हेर; अल्छी छैन ल हेर। प्रातः काल सबेर; उठ्छ…