Categories: कविता

आऊ युवा


सारिता पराजुलि
चन्द्रागिरि -१५,काठमाडाैं

कहिले यता रमाउँछाै कहिले साघुँ तर्छाै
दृढभूमि नटेकेर किन यस्ताे गर्छाै
जहाँ गए नि दुई दिनकाे उहीँ घामछायाँ
कसले गर्ला याे देशलाई मुटुभरि माया ?

केही आस पलाउँछ फेरि सेलाउँछ
माैका छाेपी ढुकी बस्ने अनि माैलाउँछ
देशका निम्ति एक ढिक्का बन्न कसले राेक्याे ?
सधैं चिसाे तुषाराले सेक्न सम्म सेक्याे ।

भन्नलाई त सबै भन्छन् याे आँखाकाे नानी
कसले देख्याे भलभली बगेकाे त्याे पानी
आदर्शकाे जलपले यथार्थलाई छाेपी
कति बस्नु मनकाे पीडा मुटुभरि राेकी ।

सगरमाथा शिरमा छ यही देशकाे ताज
जनकपुरमा जनकले गरिबसे राज
बुध्द जन्मे लुम्बिनीमा बाले शान्ति दीप
अतीतले भन्दैछ रे हामीबाटै सिक ।

घरखेत धिताे राखी युवा पलाएन
बाँझाे भयाे धर्ती सारा अन्न फलाएन
जलस्राेतकाे धनी देश भन्ने नारा जपी
काकाकुल बनी सधैं बस्नु पर्याे खपी।

तुवाँलाेले बस्ती छाेप्दा अन्धकार छायाे
आँट गर युवाहरू तिम्राे पालाे आयाे
पिलाेसरि चर्किएका घाउहरू माथि
मलम पट्टि लगाउन आऊ बनी साथी।

सारथि बाल पत्रिका

Recent Posts

प्रकोप

हेमराज अधिकारी सिक्किम,भारत दिनभर पानी ओइरियो। माटोले सकेजति थामेकै थियो। खेत हरियालीले ढाकिएका थिए। किसानहरू…

6 hours ago

“पढ बाबू नानी”

चेतनाथ दाहाल ज्ञानी भइ राम्रोसँग पढ बाबू नानी राम्रो लक्ष लिई अधि बढ बाबू नानी…

6 hours ago

“बुझ्याै ? बाबू नानी”

फेसबुक कवि बैत्यश्वर-६,दाेलखा कुरा बुझ बाबु नानी, बाबा भन्नुहुन्छ, ओैलाभाँच्दै आमा पनि, कामै गन्नुहुन्छ। चाँडै…

7 hours ago

फीफा वर्ल्ड कप 2026

Group A Pts मेक्सिको 3 दक्षिण कोरिया 3 चेक रिपब्लिक 1 दक्षिण अफ्रिका 1 Group…

2 days ago

“पन्ध्र असार”

लालबहादुर भुजेल लमजुङ हली दाइले हिलाे साउँदा टण्टलापुर घाम, झमझम पानी पर्ने असार मासकाे याम।…

2 days ago

“ल्याए है, उँभौली”

युगल बसेल सन्धिखर्क तुम्कोट टुकुर टुकुर टुकुर टुकुर मेरो आँगनैमा हिँड्छन् बाबु मिठो हाँसो सँगाली…

2 days ago