सारिता पराजुलि
चन्द्रागिरि -१५,काठमाडाैं
कहिले यता रमाउँछाै कहिले साघुँ तर्छाै
दृढभूमि नटेकेर किन यस्ताे गर्छाै
जहाँ गए नि दुई दिनकाे उहीँ घामछायाँ
कसले गर्ला याे देशलाई मुटुभरि माया ?
केही आस पलाउँछ फेरि सेलाउँछ
माैका छाेपी ढुकी बस्ने अनि माैलाउँछ
देशका निम्ति एक ढिक्का बन्न कसले राेक्याे ?
सधैं चिसाे तुषाराले सेक्न सम्म सेक्याे ।
भन्नलाई त सबै भन्छन् याे आँखाकाे नानी
कसले देख्याे भलभली बगेकाे त्याे पानी
आदर्शकाे जलपले यथार्थलाई छाेपी
कति बस्नु मनकाे पीडा मुटुभरि राेकी ।
सगरमाथा शिरमा छ यही देशकाे ताज
जनकपुरमा जनकले गरिबसे राज
बुध्द जन्मे लुम्बिनीमा बाले शान्ति दीप
अतीतले भन्दैछ रे हामीबाटै सिक ।
घरखेत धिताे राखी युवा पलाएन
बाँझाे भयाे धर्ती सारा अन्न फलाएन
जलस्राेतकाे धनी देश भन्ने नारा जपी
काकाकुल बनी सधैं बस्नु पर्याे खपी।
तुवाँलाेले बस्ती छाेप्दा अन्धकार छायाे
आँट गर युवाहरू तिम्राे पालाे आयाे
पिलाेसरि चर्किएका घाउहरू माथि
मलम पट्टि लगाउन आऊ बनी साथी।
घनश्याम रेग्मी "कहिल्यै बिरामी पर्नु भएको छ ?" कसैले प्रश्न गर्यो भने म लगायत…
शम्भु ढकाल सूर्याेदय न पा १२ आठघरे,इलाम "के गर्दै हुनुहुन्छ आमा ?" साँझपख छाेरीले फाेनमा…
शोभा कोइराला वसन्तकी सुन्दर पुष्प नारी लज्जा भएकी पनि दिव्य नारी नारी बिनाको घर नै…
सुरेशकुमार पाण्डे दाङ घोराही १८ "ओहो बालकले के काम गर्छ ?"- डाक्टर पुनितले रामेको हात…
गणेश आत्रेय मदनपोखरा,पाल्पा हाम्रो नाति छ हेर; अल्छी छैन ल हेर। प्रातः काल सबेर; उठ्छ…