तूलसी पण्डित
छोराले बयान्नब्बे प्रतिशत ल्यायो भनेर सान्नानी निकै दङ्ग छ । ऊ सोच्छे मेरो छोरो पढ्नमा निकै तगडा रहेछ । यस्तैमा उ सँग सुलोचनाको भेट भयो । सुलोचनाले भनिन् ।
“सान्नानी तिम्रो छोरो कहाँ पढ्छ ?” “मेरो छोरो बोडिङ पढ्छ । बोडीङ्ममा अति राम्रो पढाई हुने रहेछ । अहिले छोराले बयान्नब्बे प्रतिशत ल्याएर पास गर्यो । त्यहाँ पढेका उसका साथीहरुले पनि नब्बे प्रतिशत भन्दा घटी कसैले ल्याएका छैनन् । तर के गर्ने बोडीङ्ममा धेरै खर्च लाग्ने रहेछ । पढाउनै गाह्रो हुने ।”
“मैले सुरुबाटै छोरोलाई स्कूल पढाएँ । साठी प्रतिसत भन्दा माथि कहिल्यै ल्याउँदैन। त्यति थोरै प्रतिशत ल्याउँदा पनि ऊ जान्नी नै छ । अझ तपाईको बाबुले त्यति धेरै प्रतिशत ल्याउँदा कति जान्ने छ होला है ।”
“हाम्रो छोराले बोडीङ्ममा पढे देखि नब्बे प्रतिशत भन्दा घटी कहिल्यै पनि ल्याएन । अहिले तीन कक्षामा पास भयो ।अब स्कूलमा लगेर भर्ना गरिदिन्छु । अनि स्कूलमा सधै फस हुनेछ ।”
“सर मैले बाबुलाई यहाँ भर्ना गर्न ल्याएको छु ?”
“ल धन्यवाद हजुरलाई । बाबुको प्रमाणपत्र ल्याउनु भएको छ ।”
“ल्याएको छु सर यि प्रमाणपत्रहरु । बाबुले बयान्नब्बे प्रतिशत ल्याएको छ ।”
“हामी बाबुको जाँच लिन्छौ । त्यसपछि भनौला उसलाई कतिमा राख्ने भन्ने कुरा ।”
“हुन्छ सर ।”
“ल तपाईको बाबुले जाँच दियो । पढाइमा धेरै कमजोर छ । तपाई आफैँ कापी हेर्न सक्नुहुन्छ ।उसलाई कक्षा चारमा भर्ना गर्दा उसको पढाई निकै कमजोर हुदै जान्छ । यदि उसलाई राम्रो बनाउन चाहनुहुन्छ भने दुई कक्षामा भर्ना गर्न ठिक हुन्छ । ”
“सर मेरो छोराले बोडीङ्ममा बयान्नब्ने प्रतिशत ल्याएको हो कसरी ऊ दुई कक्षामा भर्ना गर्न योग्य भयो ।”
माहेश्वरी भट्ट देख्छ्याै पक्कै, मनविच आहा, भावना उर्लिएकाे। हाँस्दै बोल्दै, स्नेह ममता, प्रेमले कुर्लिएकाे।। छाती…
काठमाडौँ, असोज ५। महिला, बालबालिका, लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक र सामाजिक सुरक्षा मन्त्री सिता बादीले…
विपद् प्रभावित बालबालिकाको संरक्षणका लागि ‘स्याहार योजना’ कार्यान्वयनमा, ठेचोमा अस्थायी संरक्षण सेवा केन्द्र सञ्चालन उद्धार…
शोभा कोइराला युवा हुन् देशका तारा युवा हुन् देशका प्यारा न होऊ है युवा हाम्रा…