बालकृष्ण गजुरेल
“यार के कपडा पहिरेको । यो शहर हो । ढंगको कपडा पहिरनु पर्छ । ” मैलो मेरो दौरा सुरुवाल देखेर रामराजन चिढिए । निदारको टीका शहरमा फापेन । दौरा सुरुवाल लगाएर बिहेमा गैथेँ । फर्कँदा बाटोमा गाडीले हीलो छाप्यो । म हिलाम्मे बनेँ । उनले सुट लगाएका थिए । साथमा बेलायतबाट ल्याएको जुत्ता लगाएका थिए । पर्फ्युमको सुगन्ध फ्रान्सको थियो । लवजको बिच बिचमा अंग्रेजी शब्द मिसाउँथे । उनी निकै आधुनिक सोच्थे । दर्शनको बहस सुरु भयो । ११ पुर्विय दर्शन तथा बाँकी पश्चिमका दर्शनमा केही भिन्नता रहे पनि भौतिकवादीहरुले निश्कर्षको रुपमा हरेक बस्तुमा उर्जा हुन्छ भने । अध्यात्मिकवादीहरुले आत्मा हुन्छ भने । बिषय उस्तै-उस्तै थियो । तडक भडक कपडा लगाउँदा समेत रामराजन तार्किक लागेनन् । साथीले दनक दियो, ” कपडा २४ शताब्दीको लगाएर के गर्नु दिमाग १२ शताब्दीको भएपछि । दृष्टि बदले पो सृष्टि बदलिन्छ । “
इन्दु उपाध्याय विश्वनाथ, असम रातको पौने बाह्र बजेको थियो। घरभरि गहिरो सन्नाटा थियो। सबैजना निद्रामा…
राजेन्द्र परदेसी हजुरबुबा छतमा बसेर पत्रिका पढिरहनुभएको थियो। त्यही बेला नाति आनन्द उहाँको नजिक आएर…
शरद गौतम हे नानी गरिमा निमोठियौ तिमी बाल्यकालमा जसै इच्छा आकाँक्षा तिम्रा कति थिए उजाडभएनि…