Categories: बाल कथा

प्रबिधि


शान्ति भन्डारी दाहाल
बुद्धनगर काठमाडौ

राेपाईँ गर्ने दिन आईसक्याे गाउँमा गएर खेताला खाेज्नु पर्ने वस्तै गरेकी छैन भन्दै सासू आमा कराउनु थालिन्। सुर्यकुरीले पनि भनिन् म एकलैले कति ठाउँमा भ्याउनु त भन्दै सासुबुहारी झगडा गर्न थाले । त्यसैबेला राेसनले फाेन गर्याे र आमा के गर्दै हुनुहुन्छ ?” हाम्रो राेपाईँ गर्ने पालाे आयो हाेला हैन ?” सुर्यकुमारीले भनिन् राेप्ने बेला त भयो नि छाेरा के गर्ने तेराे बा हुँदा सबै काम आफैँले गर्नुहुन्थ्यो । तेरो बजै कराउने र म सँग झगडा मात्रै गर्नुहुन्छ ।” उनलाई पिर लाग्यो र भन्यो, “आमा खेतलासँग कुरा गर्नु भएको छैन ?” आमाले भनिन् “बार जना राेपार र पाँच जना बाउसेलाई भनेकाे छु। अस्ति नै पल्लो घरकाे राेपाईँ जाँदा कुरा गरेको थिएँ फेरि भेट भएको छैन्। अन्तै पाे निधाे गरे कि ?” राेसनले पल्लो घरकाे काकालाई फाेन गरेर काका तपाईँले त्यहाँ आमालाई राेपाईँमा सहयोग गर्नुपर्ने भाे।” तपाईँको ईसेवामा पैसा पठाई दिन्छु तपाईँले सबै व्यबस्था मिलाउनु हाेला ।” “ल तिमी चिन्ता नगर म अहिले नै गाउँमा गईहाल्छु”  काकाले भने । राेसन फाेनमा कुरा गरेर पक्का गर्नु काका अहिलेकाे जमानामा पनि घर घरमै जानुपर्छ र ?” “ल ल म रिचार्ज किन्न गैहाले ।” राेसन खुशी भए र सुते । भाेलि पल्ट बिहानै आमालाई फाेन गरे ल आमा अब हजुर ढुक्क सँग बस्नुहोला।” “हैन के भनेको बाबु ?” “हाे आमा मैले खेताला खाेजेेेकाे छु फाेनमा कुरा भैसक्याे!” सासु बुहारी छक्क‌ परे ।

सारथि बाल पत्रिका

Share
Published by
सारथि बाल पत्रिका

Recent Posts

रक्षा बन्धन

रम्भा पौडेल “ए बा ! हामीले जनै पुज्ने हैन र ? गाउका सबैले लगिसके ।…

22 hours ago

“मामा घरको न्यास्रो”

रञ्जुश्री पराजुली तिहारमा टीका लगाउँन यस्पालि आमा मामाघर जाने भन्नेसुनेदेखि उमेश खुशी भैरहेको थ्यो ।…

22 hours ago

खोल

  राम कृपाल महतो गोलबजार-१२,सिमरा,सिरहा “ढोका नखोल्नू, बाहिर न्याय उभिएको छ !” छोरीको काँपेको आवाज…

2 days ago

“सबै मेरा साथी”

रमेशचन्द्र घिमिरे भोर्लेटार, लमजुङ बाआमाको प्यारो छोरा हजुरबाको नाति भाइबैनीको दाजु हुँ म साथीको हुँ…

2 days ago

छोरी, गर्भमा नआउ ..

निर्मल पराजुली ए हजुर् छोरी त आईपुगिनन नि अनायाश् श्रीमतीको आवाज् मेरो कानमा ठोक्कियो पिडा…

4 days ago

सहमति

अन्जु चालिसे रूपान्जली आरुबारी “छोरी, अब त विवाहको कुरा सोच्ने बेला भयो। हरेकपटक कुरा आउँदा…

4 days ago