भानु जयन्तिको उपलक्षमा
रञ्जुश्री पराजुली
धनीमानी थियौ तिमी
घुमी फरी रमाउँथ्यौ
गर्मी भए जङ्गलमा
सितल खोज्दै पुग्थ्यौ
त्यही क्रममा तिम्ले
घाँसी लाई भेट्यौ
घाँसीबाट प्रेरित भै
रामायण उल्था गर्यौ
भाषा भनी हेंला गर्ने
सबै छक्क परे
असल कामको सबैले
तारिफ धेरै गरे
साहित्यमा चित्त राखि
कृति धेरै लेख्यौ
रास्ट्रको माया पोखी
अमरावती भन्ने लेख्यौ
सामाजिकताको ब्यङ्ग
कवितामा झल्कायौ
भोलि हैन आजै गर
भन्न सबलाई सिकायौ
प्रश्न गर्दै उत्तर दिंदै
राम्रा कुरा सिकायौ
बुहारीलाई गृहकार्य
राम्रो गर्न सिकायौ
भानु तिमी भाषाका
रास्ट्रकवि हौ
प्रकृतिका पुजारी
स्वछन्दबादी पनि हौ
नेपाली भाषा साहित्य
तिम्लाई खोज्दै छ
तिमी जस्ता प्रखरको
अति खाँचोको छ
भाषा हाम्री आमा
मिली सेवा गरौँ
आमाको सेवा गर्नु
परम पुण्य मानौँ
भाषा सेवा गर्न भनी
एक पल्ट तिमी आउ
हाम्रा बाजे तिमी हौ
तिमीलाई नै बोलाउँछौ।
रञ्जुश्री पराजुली तिहारमा टीका लगाउँन यस्पालि आमा मामाघर जाने भन्नेसुनेदेखि उमेश खुशी भैरहेको थ्यो ।…
रमेशचन्द्र घिमिरे भोर्लेटार, लमजुङ बाआमाको प्यारो छोरा हजुरबाको नाति भाइबैनीको दाजु हुँ म साथीको हुँ…
निर्मल पराजुली ए हजुर् छोरी त आईपुगिनन नि अनायाश् श्रीमतीको आवाज् मेरो कानमा ठोक्कियो पिडा…
अन्जु चालिसे रूपान्जली आरुबारी “छोरी, अब त विवाहको कुरा सोच्ने बेला भयो। हरेकपटक कुरा आउँदा…
View Comments
https://shorturl.fm/SNKef