Categories: बाल कथा

प्रभाव

शुक्रराज कुँवर
बलभद्रपथ, धरान १०

” फलेको हाँगो सधैँ निहुरिन्छ …! ”
” झटारो पनि त उसैले खान्छ नि , सोझोको त जमाना छैन । सोझो रुख नै पहिले काटिन्छ।”
कलमले तरबारलाई विनीत हुन सम्झाउँदै थियो , तरबारले कलमको कुरा भुईँमा खस्न नपाउदै नानाभाँतीको कुरा गर्न थाल्यो।
उसले भन्दै गयो , ” काटमार गर्नु नै मेरो धर्म हो भने म कसरी विनीत हुन सक्छु ?”
“त्यो कुरा म मान्छु तर उद्दण्ड हुन भएन। धर्म निभाउनु भनेको लोक कल्याणको लागि हनु पर्छ। सोझा निमुखा माथि पनि तरबार उठिरहेको छ। हिंसाले कसैको भलो गर्दैन। आफ्ना विद्रोहीहरुलाई विचार र सिद्धान्तले पनि मार्न सकिन्छ।” कलमले भन्यो।
कलमको कुराले तरबारलाई रतीभर छोएन । ऊ उद्दण्ड भएर विद्रोहीहरुलाई निमिट्यान्न गर्न पट्टि लाग्यो। हाहाकार मच्चियो , रगतको खोलो बग्यो। धन जनको ठुलो क्षती भयो। जित कसैको भएन। अन्तत: दुवै पक्ष बिच शान्ति सम्झौता हुने भयो।
शान्ति सम्झौता पत्रमा हस्ताक्षर हुँदै गर्दा कलमले तरबारलाई खुसुक्क भन्यो, ” देख्यौ त जित मेरै भयो नि !”
विगतलाई सम्झदैँ गर्दा कलम भावुक बन्यो र तत्कालै तरबारको प्रत्युत्तर सम्झेर शान्तिको सास पनि फेर्यो।
म्यान भित्रैबाट तरबारले भनेको थियो, ” तिमी शान्तिकारीको हातमा पर्यौ म विध्वंसकारीको हातमा परेँ।”

सारथि बाल पत्रिका

Share
Published by
सारथि बाल पत्रिका

Recent Posts

“सन्तानको मायाँ”

मणिराज भट्टराई गठ्ठाघर, भक्तपुर हुँदैन सन्तानको मायाँ कहिल्यै पनि धेर थोर मैले सम्झिएकै छु तिमीले…

7 hours ago

हलो

सालिक राम सत्याल बाँके ३ खजुरा हाल = मलेसिया बाजे हलो किन धुलोले छोपिएको ?…

7 hours ago

श्रावण १५

  हेमराज अधिकारी श्रावणको वर्षाले धर्तीलाई हरियाली दिन्छ, तर मानिसको हृदयलाई हराभरा बनाउने काम उसकै…

7 hours ago

“गुरु पूर्णिमा”

लालबहादुर भुजेल पहिलै पहिलै हिन्दू धर्म संस्कृतिकाे पढाई, गुरूकुलमा हुने गर्थ्याे लेखाई र सिकाई !…

1 day ago

गुरु

हेमराज अधिकारी सूर्यले बाहिरी संसार उज्यालो बनाउँछ, गुरुले भित्री चेतनालाई उज्यालो बनाउनुहुन्छ। जन्म दिने माता–पिताले…

1 day ago

माटोको ढिस्को

अन्जु शर्मा रातोपुल मूर्तिका आँखाबाट आँसु खसे। उसले ढोकाबाट अवलोकन गर्दै गरेका मूर्तिकारलाई नमन गर्दै…

1 day ago