Categories: बाल कथा

“माटोको सुगन्ध”

सरस्वती शर्मा छेत्री
छोटा रांगारुन चियाबारी
दार्जिलिंङ

विद्यालयको आँगनमा फुल्दै गरेका रंगीन फूलहरूझैं आजको दिन विद्यार्थीहरू शिक्षक दिवसको उत्सवमा रमेका थिए। तर १२ वर्षे सुरजको हृदय भने हावा चल्ने बगरजस्तो शून्य थियो। उसले झ्यालबाट बाहिर हेर्दै पुराना शिक्षक राम सरलाई सम्झिरहेथ्यो, जो अहिले त्यहाँ थिएनन्। राम सरले सुरजको जीवनलाई खाली माटोको ढिस्कोजस्तै देख्नुहुन्थ्यो, जहाँ गहिरो खन्ने हो भने जीवनको सुगन्ध भेट्न सकिन्थ्यो।
सुरजले एकपटक झूट बोलेको थियो, आफ्ना गल्ती लुकाउन। सबैले उसको झूट पत्ता लगाए, तर राम सरले भने उसको मनको बगर खन्नुभयो। “साँचो बन्नु भनेको बिरुवा रोप्नु जस्तै हो, समयमै पानी नहाल्ने हो भने फल्दैन।” राम सरको ती शब्दहरूले सुरजको हृदयमा माटोको सुगन्ध भरिदियो , जसले आजसम्म उसलाई दिशा देखाइरहेको थियो।
विद्यालयको भीडबाट बाहिर निस्किएपछि, सुरजले बगैँचाबाट सानो फूलको गुच्छा टिप्यो। त्यो फूलजस्तै कोमल भावनाहरू लिएर ऊ राम सरको ढोका अगाडि पुग्यो। ढोका खुल्यो, राम सरले मुस्कुराउँदै भन्नुभयो -“सुरज आज अचानक तिमी ?”
सुरजले फूलको गुच्छा थमाउँदै भन्यो, “सर, तपाईँले माटोमा जीवनको सुगन्ध खोज्न सिकाउनुभयो, धन्यवाद।”
शिक्षक भनेकै त्यस्ता माली हुन्, जसले विद्यार्थीको माटोमा जीवनभर फुल्ने बीउ रोपिदिन्छन्।

सारथि बाल पत्रिका

Share
Published by
सारथि बाल पत्रिका

Recent Posts

प्रयास

सुमन कडरिया चितवन सागिर्द आँगनमा खेलिरहेको थियो। खेल्दाखेल्दै उसको नजर एउटा सानो कमिलामाथि पर्यो। कमिलाले…

23 hours ago

“बालापनको रक्षा”

घनश्याम रेग्मी होस् बालापनको रक्षा भविष्य हुन्छ रक्षित नारा हो पर्वको खास बालिकावर्ग लक्षित।। कोपिला…

23 hours ago

“शरद ऋतुको आगमन”

मधुसुदन पर्साद घिमिरे शरद् आयाे ताली ठाेकी रमाइ दशैँ तिहार खर्च के छ कमाइ कन्या…

3 days ago

“लाेक बाजा बिनायाे”

इन्दिरा प्रयास विविध विविधता नै मैलियाे आजभोलि किन किन युवतीले बिर्सिए मिष्ठबाेली विकृति पनि बढेरै…

3 days ago

पसिनाको मुल्य

शरद गौतम घोराही १५ हरि, मोहन केशव तथा अरु हरु एकै गाउमा बस्छ्न। गाउँ पनि…

3 days ago

बालबालिका सम्बन्धी ऐन संशोधन विधेयक : डिजिटल हिंसादेखि बाल न्यायसम्म नयाँ व्यवस्था प्रस्ता

काठमाडौं । सरकारले बालबालिकाको सर्वोत्तम हित, अधिकारको संरक्षण र बालमैत्री न्याय प्रणालीलाई थप सुदृढ बनाउने…

4 days ago