सरस्वती शर्मा छेत्री
छोटा रांगारुन चियाबारी
दार्जिलिंङ
विद्यालयको आँगनमा फुल्दै गरेका रंगीन फूलहरूझैं आजको दिन विद्यार्थीहरू शिक्षक दिवसको उत्सवमा रमेका थिए। तर १२ वर्षे सुरजको हृदय भने हावा चल्ने बगरजस्तो शून्य थियो। उसले झ्यालबाट बाहिर हेर्दै पुराना शिक्षक राम सरलाई सम्झिरहेथ्यो, जो अहिले त्यहाँ थिएनन्। राम सरले सुरजको जीवनलाई खाली माटोको ढिस्कोजस्तै देख्नुहुन्थ्यो, जहाँ गहिरो खन्ने हो भने जीवनको सुगन्ध भेट्न सकिन्थ्यो।
सुरजले एकपटक झूट बोलेको थियो, आफ्ना गल्ती लुकाउन। सबैले उसको झूट पत्ता लगाए, तर राम सरले भने उसको मनको बगर खन्नुभयो। “साँचो बन्नु भनेको बिरुवा रोप्नु जस्तै हो, समयमै पानी नहाल्ने हो भने फल्दैन।” राम सरको ती शब्दहरूले सुरजको हृदयमा माटोको सुगन्ध भरिदियो , जसले आजसम्म उसलाई दिशा देखाइरहेको थियो।
विद्यालयको भीडबाट बाहिर निस्किएपछि, सुरजले बगैँचाबाट सानो फूलको गुच्छा टिप्यो। त्यो फूलजस्तै कोमल भावनाहरू लिएर ऊ राम सरको ढोका अगाडि पुग्यो। ढोका खुल्यो, राम सरले मुस्कुराउँदै भन्नुभयो -“सुरज आज अचानक तिमी ?”
सुरजले फूलको गुच्छा थमाउँदै भन्यो, “सर, तपाईँले माटोमा जीवनको सुगन्ध खोज्न सिकाउनुभयो, धन्यवाद।”
शिक्षक भनेकै त्यस्ता माली हुन्, जसले विद्यार्थीको माटोमा जीवनभर फुल्ने बीउ रोपिदिन्छन्।
दुर्गा घिमिरे रामदीपले दिनदिनै कथा लेख्न थालेपछि साथीहरूमा एक प्रकारको कौतुहलता थपिएको थियो। गाउँको चिया…
दलबहादुर शाही हिमाली पाखामा अमृतसरहको बग्दछ जल त्यही मिल्छन् लाखौँ कुसुम जडिबुटी औषधि फल त्यही…
शशी अर्याल काठमाडौं मौसम सधैंजसो केही न केही चकचक गरिरहन्थ्यो । कक्षाका साथीहरूलाई कुनै न…
केशवमान सिंह बस्नेत कपाल कोर्नुस् 'लगाउनुस् ,जुत्ता मोजा नाना तयार हुनुस् ,झोला बोक्नुस , दिदी…