Categories: बाल कथा

प्रश्नको उत्तर खै ?


अजित आचार्य
व्यास-९ कलेस्ती,तनहुँ
हाल- मातातीर्थ, काठमाडौं

आजको कक्षा सकेर बाहिर निस्कनु भन्दा अघि रामहरि सरलाई के मुड चलेछ कुन्नि ! कक्षा १२ का विद्यार्थीहरूलाई प्रश्न गर्नुभयो।
“तिमीहरू १२ कक्षा पास गरेपछि के गर्छौ ? पढ्छौ कि जागिर खान्छौ ?“
प्रश्न सुन्ने बित्तिकै दोश्रो लहरको कुनामा बसेकी प्रतिमाले जुरुक्क उठेर बोली।
“सर ! म त विदेश जाने हो।“
प्रतिमाको जवाफसँगै चौथो लहरबाट सुरज बोल्यो – “सर ! म पनि विदेश जाने।“
जवाफ सुनेर रामहरि सर अचम्म मानेर प्रतिमालाई सोध्नु भयो -“भन त प्रतिमा ! तिमी विदेश गएर के गर्छ्यौ ?”
“पैसा कमाउने।“ उनको छोटो जवाफ आयो।
“कसरी ?“ सरले जवाफ खोज्नु भयो।
“खै ! त्यो त थाहा छैन्।“ प्रतिमाले सत्य बोलिन्।
रामहरि सरले फेरि सुरजलाई त्यसै गरेर सोध्नु भयो – “तिमी विदेश गएर के गर्छौ ?”
“काम गर्छु नि सर” फुर्तिलो पारामा सुरजले जवाफ दियो।
“भन त सुरज ! तिमी के काम गर्छौ ?” रामहरी सरले उसँग पनि जवाफ खोज्नु भयो।
“खै ! त्यो त थाहा छैन।“ अहिले भने सुरजले लाज माने जसरी जवाफ दियो।
“केटाकेटीको सुन्दर भविष्य र यो देश निर्माणका लागि म यो पेशाप्रति समर्पित भएको छु।“
रामहरि सरले त्यतिबेला शिक्षक छनौटको अन्तरवार्तामा आँफुले निर्णायक मण्डललाई दिएको जवाफ र तत्कालै पाएको वा! क्या बात् ! भन्ने तारिफ सम्झनु भयो। अनि आफैँ नाजवाफ भएको महशुस गर्दै चुपचाप प्रतिमा, सुरज र अरू विद्यार्थीहरूलाई हेरिरहनु भयो।

सारथि बाल पत्रिका

Share
Published by
सारथि बाल पत्रिका

Recent Posts

रक्तदान

राजु क्षत्री अपुरो जङ्गलमा पशुपंक्षीहरूको आफ्नै दुनियाँ थियो। उनीहरूले पनि आ आफ्नो सङ्गठन बनाएका थिए।…

16 hours ago

प्रविधि

फिराक गोर्खाली असम "तिमीहरूलाई अचेल मात्र फोन, फोन। दिनभरि हेरेर पुगेन, अब सुत्ने बेलामा पनि…

16 hours ago

बालबालिकाको गोपनीयता हक

प्रेमनारायण भुसाल प्रजातान्त्रिक मुलुकमा जवाफदेहिता र पारदर्शितालाई जति महत्त्वपूर्ण सूचक मानिन्छ। त्यति नै महत्त्वपूर्ण रूपमा…

2 days ago

“बादल”

कृष्णशरण उपाध्याय पौडेल आकाश मा बादल छाउँदै छ गर्जेर चीसो जल ल्याउँदै छ बुटाबुटी साथ…

2 days ago

परिस्थिति

सुमन कडरिया, चितवन “बाबा, मान्छे झुटो बोल्न किन डराउँदैनन् ?” गजल लेखिरहेका बाबालाई छोराको प्रश्नले…

2 days ago

“स्नेहले हँसाउने बुबामुमा सुखी रहून्”

घनश्याम रेग्मी भोक शोक रोगका गरी निदान राम्ररी बालबालिका खुसी बनाउँदै सधैँभरि शैलझैँ खडा भई…

3 days ago