बिन्दु पौड्याल वस्ती
भरतपुर -२, चितवन
“कस्तो धर्म संकट मलाई ? ” आमा मतिसराले भनिन्।
दाल र घरकै सागसब्जी तरकारीका रूपमा पकाउँथिन्। साना केटाकेटी र बृद्ध सासूससुरालाई खाना खुवाएर आफूहरू खाने गर्थिन्। सबैले खाना खाएर उठिसक्थे। तर माधुरी भात खेलाउँदै बसिरहन्थी।
“के भो तँलाई ? किन खाना नखाएकी ?” मतिसाराले छोरी माधुरीलाई सोधिन्।
माधुरी न बोल्छे न त खाना नै खान्छे। केवल थालमा भात लिएर घन्टौँसम्म बस्ने गर्छे।
आमा छोरीको चर्तिकला देखेर दिक्क हुन्थिन्। नहुनु पनि कसरी ? धेरै केटाकेटी, त्यही माथि बृद्ध भएका सासूससुरा।
दुहुनुको नाममा एक हाते बकेर्नो भैँसी; दुई माना जति दुध दिन्छ । त्यही पनि एक छाके भएको पनि दुई महिना भइसकेको छ।
“सासूससुरालाई एक तुर्को दूध नदिऊँ त पापै लाग्ला भन्ने डर । यता सेतो पानी नै भए पनि यसलाई नभई नहुने। दाल तरकारीसित एकसितो पनि चेप्दिन। कसरी प्राण धान्ने होला यसको ?”
माधुरीले नदेख्ने गरी उनले भदालोमा थोरै पानी मिसाएर तताइन् र माधुरीको थालमा राखिदिइन्। उसले मख्ख परेर भात खाई । यस्तै थियो माधुरीको बालापनका दिनहरू। त्यहाँ दूधले धर्म छोडेन । त्यसैले दूधको रङ त सेतै थियो तर स्वाद थिएन।
कमल प्रसाद बगाले रेग्मी वालिङ्ग बजार स्याङ्जा "होइन आज बिहानै फेरि के हो" श्रीमती ललिताको…
अजित आचार्य व्यास-९ कलेस्ती,तनहुँ हाल- मातातीर्थ, काठमाडौं आजको कक्षा सकेर बाहिर निस्कनु भन्दा अघि रामहरि…
रञ्जुश्री पराजुली रामबाबुका बुढाबुढी दुबै समाज सेवा गर्दथे। समाज सेवा गर्नमा ती दुई को भन्दा…
रम्भा पौडेल प्यारा नानीहरु ! तिमीहरुलाई थाहा छ —माहाभारतमा अर्जुनको रथको सारथी भगवान श्रीकृष्ण थिए।…
घनश्याम रेग्मी "कहिल्यै बिरामी पर्नु भएको छ ?" कसैले प्रश्न गर्यो भने म लगायत…