Categories: बाल कथा

बालापन


बिन्दु पौड्याल वस्ती
भरतपुर -२, चितवन

“कस्तो धर्म संकट मलाई ? ” आमा मतिसराले भनिन्।
दाल र घरकै सागसब्जी तरकारीका रूपमा पकाउँथिन्। साना केटाकेटी र बृद्ध सासूससुरालाई खाना खुवाएर आफूहरू खाने गर्थिन्। सबैले खाना खाएर उठिसक्थे। तर माधुरी भात खेलाउँदै बसिरहन्थी।
“के भो तँलाई ? किन खाना नखाएकी ?” मतिसाराले छोरी माधुरीलाई सोधिन्।
माधुरी न बोल्छे न त खाना नै खान्छे। केवल थालमा भात लिएर घन्टौँसम्म बस्ने गर्छे।
आमा छोरीको चर्तिकला देखेर दिक्क हुन्थिन्। नहुनु पनि कसरी ? धेरै केटाकेटी, त्यही माथि बृद्ध भएका सासूससुरा।
दुहुनुको नाममा एक हाते बकेर्नो भैँसी; दुई माना जति दुध दिन्छ । त्यही पनि एक छाके भएको पनि दुई महिना भइसकेको छ।
“सासूससुरालाई एक तुर्को दूध नदिऊँ त पापै लाग्ला भन्ने डर । यता सेतो पानी नै भए पनि यसलाई नभई नहुने। दाल तरकारीसित एकसितो पनि चेप्दिन। कसरी प्राण धान्ने होला यसको ?”
माधुरीले नदेख्ने गरी उनले भदालोमा थोरै पानी मिसाएर तताइन् र माधुरीको थालमा राखिदिइन्। उसले मख्ख परेर भात खाई । यस्तै थियो माधुरीको बालापनका दिनहरू। त्यहाँ दूधले धर्म छोडेन । त्यसैले दूधको रङ त सेतै थियो तर स्वाद थिएन।

सारथि बाल पत्रिका

Share
Published by
सारथि बाल पत्रिका

Recent Posts

रक्तदान

राजु क्षत्री अपुरो जङ्गलमा पशुपंक्षीहरूको आफ्नै दुनियाँ थियो। उनीहरूले पनि आ आफ्नो सङ्गठन बनाएका थिए।…

15 hours ago

प्रविधि

फिराक गोर्खाली असम "तिमीहरूलाई अचेल मात्र फोन, फोन। दिनभरि हेरेर पुगेन, अब सुत्ने बेलामा पनि…

15 hours ago

बालबालिकाको गोपनीयता हक

प्रेमनारायण भुसाल प्रजातान्त्रिक मुलुकमा जवाफदेहिता र पारदर्शितालाई जति महत्त्वपूर्ण सूचक मानिन्छ। त्यति नै महत्त्वपूर्ण रूपमा…

2 days ago

“बादल”

कृष्णशरण उपाध्याय पौडेल आकाश मा बादल छाउँदै छ गर्जेर चीसो जल ल्याउँदै छ बुटाबुटी साथ…

2 days ago

परिस्थिति

सुमन कडरिया, चितवन “बाबा, मान्छे झुटो बोल्न किन डराउँदैनन् ?” गजल लेखिरहेका बाबालाई छोराको प्रश्नले…

2 days ago

“स्नेहले हँसाउने बुबामुमा सुखी रहून्”

घनश्याम रेग्मी भोक शोक रोगका गरी निदान राम्ररी बालबालिका खुसी बनाउँदै सधैँभरि शैलझैँ खडा भई…

3 days ago