कमल प्रसाद बगाले रेग्मी
वालिङ्ग बजार स्याङ्जा
“होइन आज बिहानै फेरि के हो” श्रीमती ललिताको मुहार तिर हेर्दै सुन्दर बोले।
“तिमीलाई मेरो चासो किन हो ? म जेसुकै गरौँ , काम पाएनौ?” रिसाएर जुत्ता लगउँदै ललिता बोलिन।
“आज शनिबार, सबै परिवार बसेर खाने रमाइलो गर्ने भनेर सोचेको,कताको तयारी हो ?” श्रीमान सुन्दर पनि झर्केर बोले।
“आज त साथीको छोराको पास्नी छ, त्यहीँ जाने हो,बाबु बहिनीलाई नुहाइदेउ है, खाना राम्रो सँग झगडा नगरी खानु, म साँझ तिमीहरूलाई राम्रो मिठो खाने कुराहरु ल्याई दिन्छु” ललिता साडी मिलाएर शिशामा आफूलाई हेर्न थालिन्।
“के तरिका हो ललिता ? कहिले साथीको छाेरा अनि छोरीको विवाह,कहिले बर्थडे,कहिले व्रतवन्ध,कहिले न्वारन, पास्नी साथै उद्घाटन,शिलान्यास भन्दै घर एक दिन पनि नबस्ने किन हो ? सबै काम तिमी नभै सम्पन्न नहुने हो र?” तिमीलाई परिवारसँग बस्ने फुर्सद पनि हुन् छाड्यो है” सुन्दर निकै रिसाउँदै बोले।
“समाजमा बसे पछि सबै सँग सुख दुःखमा काम लाग्नु पर्छ,सबैलाई साथ सहयोग दिनु पर्छ,तिमी जस्तो बिहान विद्यालय गयो साँझ फर्क्यो,कसैसँग मेल मिलाप, आवत जावत बन्द गरेर म बस्न सक्दिन,सबैले खुसी हुँदै बोलाउँछन्,बोलाएको ठाउँमा नजानु भएन बुझ्यौ?” ललिता निकै उफ्रिन।
“मम्मी हजुर के भन्दै हुनुहुन्छ ? सधैँ बाहिर बाहिर मात्रै समाजसेवी बन्दै डुलेर हुन्छ ? परिवार के हो ? परिवारको दायित्व केहो,श्रीमान छन्,छाेरा छाेरीलाई समेत व्यवास्ता गरेर के को समाजसेवा हो ? हजुरलाई लाज लाग्दैन? सधैँ साँझ बिहान बाबाले पकाएर खुवाउनु हुन्छ, कपडा सफा गर्नु हुन्छ, भाँडा माझ्नु हुन्छ,दिन भरी स्कूल, बिहान साँझ पनि मम्मीलाई हामीले भेट्न देख्न पनि गाह्रो भयो, हप्तामा आएको शनिबार पनि मम्मी सँग बस्न नपाउने हामी कस्ता अभागी…”भन्दै बहिनीलाई समातेर शरद रुन थाले।
अजित आचार्य व्यास-९ कलेस्ती,तनहुँ हाल- मातातीर्थ, काठमाडौं आजको कक्षा सकेर बाहिर निस्कनु भन्दा अघि रामहरि…
रञ्जुश्री पराजुली रामबाबुका बुढाबुढी दुबै समाज सेवा गर्दथे। समाज सेवा गर्नमा ती दुई को भन्दा…
रम्भा पौडेल प्यारा नानीहरु ! तिमीहरुलाई थाहा छ —माहाभारतमा अर्जुनको रथको सारथी भगवान श्रीकृष्ण थिए।…
घनश्याम रेग्मी "कहिल्यै बिरामी पर्नु भएको छ ?" कसैले प्रश्न गर्यो भने म लगायत…