Categories: कविता

“प्रिय पद आमा”

घनश्याम रेग्मी

आमाजस्तो भुवन भरमा उच्च कोही हुँदैन
धारा सङ्लो हृदय रसझैँ शुद्ध अर्को हुँदैन
आमाजस्तो अगम गहिरो प्रेम कोही दिँदैन
आमाभन्दा प्रिय पद कुनै विश्वमा पाइँदैन ।।

आमाजस्तो ललित मनको देव अर्को हुँदैन
आमाजस्तो मन मुटु दिने दातृ कोही हुँदैन
आमा पाए धन र सुविधा अन्य क्यै चाहिँदैन
आमाभन्दा प्रिय पद कुनै विश्वमा पाइँदैन ।।

आमाजस्तो नजिक रहने व्यक्ति कोही हुँदैन
छोराछोरी जति पनि भए भेद केही हुँदैन ।
आमाजस्तो परम पद यो जन्ममै पाइँदैन
आमाभन्दा प्रिय पद कुनै विश्वमा पाइँदैन ।।

लाखौं बाधा प्रशव दिनका बिर्सिई हाँस्न सक्ने
आफू भोकै तर शिशु यिनै हार्दमा टाँस्न सक्ने
आफ्नै ठान्छिन् प्रगति शिशुको शुल्क भो चाहिँदैन
आमाभन्दा प्रिय पद कुनै विश्वमा पाइँदैन ।।

आमालाई नमन छ सधैँ भन्छ यो लेखनीले
राखौँ आमा हृदय पटमा प्रेम गर्दै सबैले
आमाजस्तै मुलुक गर लौ भेद केही हुँदैन
आमाभन्दा प्रिय पद कुनै विश्वमा पाइँदैन ।।

सारथि बाल पत्रिका

Share
Published by
सारथि बाल पत्रिका

Recent Posts

मध्यरातको त्यो सर्प

इन्दु उपाध्याय विश्वनाथ, असम रातको पौने बाह्र बजेको थियो। घरभरि गहिरो सन्नाटा थियो। सबैजना निद्रामा…

12 hours ago

आइसक्रिमका यादहरू

राजेन्द्र परदेसी हजुरबुबा छतमा बसेर पत्रिका पढिरहनुभएको थियो। त्यही बेला नाति आनन्द उहाँको नजिक आएर…

12 hours ago

“नानी गरिमा”

शरद गौतम हे नानी गरिमा निमोठियौ तिमी बाल्यकालमा जसै इच्छा आकाँक्षा तिम्रा कति थिए उजाडभएनि…

13 hours ago

“घडी”

ह्रदय लेकाली यो घडी साँच्चै अचम्म लाग्दो छ। कहिले अगाडि अगाडि र कहिले ढिलो गरेर…

2 days ago

“क ख रा”

धनराज सिलवाल चितवन क बाट कलम ख खरायो ग बाट गमला घ घडी पढ पढ…

2 days ago

विडम्बना

भूमिका गैरे तिमिल्सिना गैंडाकोट ४ नवलपुर “किन, ढिलो भएन ?” आमा कराउँनुभयो । विएलइको परीक्षा…

2 days ago